संस्कृत विश्वकै सम्पत्ति : राष्ट्रपति पौडेल

Raju Yadav Raju Yadav
|
बिहिबार, आषाढ १२, २०८२
|
|
२ पटक हेरिएको
Shares
संस्कृत विश्वकै सम्पत्ति : राष्ट्रपति पौडेल

सारांश

  • १२ असार, काठमाडौं ।
  •   राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषा नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति बन्न पुगेको बताएका छन् ।
  •  विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संस्कृत भाषा, साहित्य र संस्कृतिको  दक्षिण एशियामै गहिरो प्रभाव पर्दै आइरहेकामा अब यसलाई छिचोलेर विश्वव्यापी बन्न पुगेको बताएका हुन् ।

१२ असार, काठमाडौं । 

राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषा नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति बन्न पुगेको बताएका छन् । विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संस्कृत भाषा, साहित्य र संस्कृतिको  दक्षिण एशियामै गहिरो प्रभाव पर्दै आइरहेकामा अब यसलाई छिचोलेर विश्वव्यापी बन्न पुगेको बताएका हुन् । उपनिषद्को ‘यो चराचर चेतनाले भरिपूर्ण छ, यसको त्यागपूर्ण भोग गर, धनसम्पति दौलतमाथि आशक्ति र लोभ नगर’ भन्ने संस्कृत श्लोक उद्धरण गर्दै उनले संस्कृत सम्मेलनले युद्धको विभीषिका र सन्त्रासमा अल्झिएको वर्तमान संसारलाई शान्ति, सहयोग र सहअस्तित्वको सन्देश फैलाउँदै धर्ती, मानव र मानव सभ्यताको संरक्षण र विकास, सुख र सन्तोष युद्धबाट होइन शान्ति, करुणा र मैत्रीबाट मात्र सम्भव रहेको सन्देश दिनुपर्ने बताए ।

राष्ट्रपति पौडेलले नेपालले पनि संस्कृतको संरक्षण र विकासका लागि काम गर्दै आइरहेको बताए। ‘यद्यपि यो त्यो अपर्याप्त छ, र अझ धेरै काम गर्न बाँकी छ, त्यसमा सहकार्य पनि आवश्यक छ  ।’राष्ट्रपति पौडेलले विकास चरम अवस्थामा पुगेपछि एकाधिकारले ठाउँ लिन्छ भन्ने अर्थशास्त्रको कुरा जस्तै संस्कृत भाषाको चरम विकास भंएको बेला ठालुहरूले दलित वा अन्य जो कोहीले बोल्न र पढ्न हुन्न भनेर सीमाबद्ध गरेकाले जनबोलीको भाषा हुन नसकेको उल्लेख गर्दै संस्कृतलाई जनबोलीको भाषा बनाउन आवश्यक भएको बताए ।

उनले नेपाल प्राचीनकालदेखि नै ऋषि महर्षिहरूको जन्मभूमि, तपोभूमि, यज्ञभूमि, साधना भूमि रहँदै आएको बताउँदै महर्षि याज्ञवल्क्यले यसै पावन भूमिमा शुक्लयजुर्वेदका मन्त्रहरूको दर्शन पाएको र वाल्मीकिको पूर्वजीवन र वेदव्यासको जन्म पनि यसै भूमिमा भएको बताए ।  राष्ट्रपति पौडेलले राजर्षि जनक, शान्तिसन्देशका नायक बुद्ध, पाणिनि र बाबा गोरक्षनाथ यसै धर्तीका सुगन्ध भएको उल्लेख गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोजपुरमा विद्युत् सेवा विस्तार
भोजपुरमा विद्युत् सेवा विस्तार
बारा नेकपा एमालेद्वारा अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाइयो
बारा नेकपा एमालेद्वारा अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाइयो
वीपी र अरनिको राजमार्गमा दशैंभरि टिपर चलाउन रोक
वीपी र अरनिको राजमार्गमा दशैंभरि टिपर चलाउन रोक
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की
प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलका घाइतेहरूसँग छलफल
प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलका घाइतेहरूसँग छलफल
जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा
जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा
कवाडी व्यवसायी र महानगर प्रहरीबीच झडप, ४ जना घाइते
कवाडी व्यवसायी र महानगर प्रहरीबीच झडप, ४ जना घाइते
लगानी सहजीकरण सम्बन्धी विधेयकमा राष्ट्रिय सभाले गरेको संशोधन स्वीकृत
लगानी सहजीकरण सम्बन्धी विधेयकमा राष्ट्रिय सभाले गरेको संशोधन स्वीकृत
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट
पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट