आलमलाई सफाइ दिने उच्चका दुई न्यायाधीशलाई झिकाउन न्याय परिषद्को सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ५, २०८२
|
|
२ पटक हेरिएको
Shares
आलमलाई सफाइ दिने उच्चका दुई न्यायाधीशलाई झिकाउन न्याय परिषद्को सिफारिस

सारांश

  • ५ असार, काठमाडौं ।
  •   नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरू खुशीप्रसाद थारु र अर्जुन महर्जन न्याय परिषदमा तानिएका छन् ।
  • उनीहरूलाई परिषदमा तान्ने निर्णय भएको परिषद् स्रोतले जनाएको छ ।

५ असार, काठमाडौं । 

नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरू खुशीप्रसाद थारु र अर्जुन महर्जन न्याय परिषदमा तानिएका छन् । उनीहरूलाई परिषदमा तान्ने निर्णय भएको परिषद् स्रोतले जनाएको छ ।  बिहीबार बसेको परिषद् बैठकले छानबिन समिति बनाएर उनीहरुलाई परिषदमा तान्ने निर्णय गरेको हो ।  न्यायाधीशद्वय थारु र महर्जनले गत जेठ १४ गते व्यक्तिलाई जिउँदै इँट्टाभट्टामा पोलेर हत्या गरेको अभियोगमा यसअघि जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका पूर्वसांसद आलमलाई सफाइ दिएका थिए ।

आलमलाई सफाइ दिने न्यायाधीशद्वयविरुद्ध परिषदमा दुई वटा उजुरी परेका छन् । बम काण्डमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंह राजपूतले आलमलाई सफाइ दिने न्यायाधीशहरूलाई कारबाही गर्न मागसहित गत मङ्गलवार र त्यसअघि जेठ १६ गते युवराज पौडेल सफलले उजुरी दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा धेरैलाई जागिरको अवसर
सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा धेरैलाई जागिरको अवसर
साढे ११ अंकले घट्यो नेप्से, ८ अर्ब बढीको कारोबार
साढे ११ अंकले घट्यो नेप्से, ८ अर्ब बढीको कारोबार
जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति
जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति
नेप्से परिसूचक १०.०८ अंकले बढ्यो
नेप्से परिसूचक १०.०८ अंकले बढ्यो
६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई अदालत लगियो
६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई अदालत लगियो
संविधान संशोधन गरेर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने ट्रम्पको संकेत, डेमोक्र्याट चिन्तित
संविधान संशोधन गरेर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने ट्रम्पको संकेत, डेमोक्र्याट चिन्तित
पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्य समायोजन
पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्य समायोजन
मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने
मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने
तीनकुने घटना प्रकरण : काठमाडौं अदालतमा दुर्गा प्रसाईंसहित ५० जना प्रतिवादीको बयान आजदेखि
तीनकुने घटना प्रकरण : काठमाडौं अदालतमा दुर्गा प्रसाईंसहित ५० जना प्रतिवादीको बयान आजदेखि
पार्टीभित्र एकमना एकता कहिल्यै थिएन: ओली
पार्टीभित्र एकमना एकता कहिल्यै थिएन: ओली