४२ लाखभन्दा बढीका सामानसहित ट्रक नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ४, २०८२
|
|
२ पटक हेरिएको
Shares
४२ लाखभन्दा बढीका सामानसहित ट्रक नियन्त्रणमा

सारांश

  • सर्लाही, असार ४ जिल्ला सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोस्टमा प्रहरीले विशेष सूचनाको आधारमा गरेको चेकजाँचका क्रममा अवैध रूपमा ढुवानी हुँदै गरेका ४२ लाखभन्दा बढी मूल्यका सामान सहित ट्रक नियन्त्रणमा लिएको छ।
  •   मंगलबार बिहान करिब ६:१५ बजे ईलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी नायब निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा बिरगंजबाट ईटहरीतर्फ जाँदै गरेको बा ५ ख ३०७ नम्बरको ट्रक (डब्बा) लाई रोकि जाँच गर्दा ठूलो परिमाणमा विविध सामान फेला पारेको हो।
  •   प्रहरीका अनुसार ट्रकमा टायर, आपमा छर्ने दवाई, मोबिल, खाने तेल, रेगुलेटर, मोटर पार्ट्स, छाता, घिउ, किसमिस, इलेक्ट्रोनिक तथा कस्मेटिक सामग्री लगायतका खुद्रा वस्तुहरू लोड गरिएको थियो।

सर्लाही, असार ४

जिल्ला सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोस्टमा प्रहरीले विशेष सूचनाको आधारमा गरेको चेकजाँचका क्रममा अवैध रूपमा ढुवानी हुँदै गरेका ४२ लाखभन्दा बढी मूल्यका सामान सहित ट्रक नियन्त्रणमा लिएको छ।

मंगलबार बिहान करिब ६:१५ बजे ईलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी नायब निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा बिरगंजबाट ईटहरीतर्फ जाँदै गरेको बा ५ ख ३०७ नम्बरको ट्रक (डब्बा) लाई रोकि जाँच गर्दा ठूलो परिमाणमा विविध सामान फेला पारेको हो।

प्रहरीका अनुसार ट्रकमा टायर, आपमा छर्ने दवाई, मोबिल, खाने तेल, रेगुलेटर, मोटर पार्ट्स, छाता, घिउ, किसमिस, इलेक्ट्रोनिक तथा कस्मेटिक सामग्री लगायतका खुद्रा वस्तुहरू लोड गरिएको थियो। ती सामानहरूमध्ये कुनैको पनि प्रज्ञापन पत्र नभएको र उपलब्ध बिल–विजक समेत शंकास्पद देखिएकाले ट्रकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद गरिएका सामानहरूको प्रारम्भिक मूल्याङ्कन अनुसार कुल मूल्य रू ४२,४०,३४७ रहेको जनाइएको छ। नियन्त्रणमा लिइएको ट्रक र सामानहरु थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कर्मैयामा राखिएको छ।

घटनास्थल चेकपोस्टबाट करिब ५० मिटर दक्षिणतर्फ पर्ने बताइएको छ। घटनासम्बन्धमा थप विवरण संकलन कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन
यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन
बालेन शाहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्दा
बालेन शाहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्दा
खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता
खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता
जग्गा खरिदमा बदमासी गर्ने व्यास नगरपालिकाका चार कर्मचारी निलम्बन
जग्गा खरिदमा बदमासी गर्ने व्यास नगरपालिकाका चार कर्मचारी निलम्बन
लहान सडक डिभिजनका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लहान सडक डिभिजनका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
आज साउन  को अन्तिम सोमबार १२ बजेसम्म १ लाख १५ हजारले गरे पशुपतिनाथको दर्शन
आज साउन को अन्तिम सोमबार १२ बजेसम्म १ लाख १५ हजारले गरे पशुपतिनाथको दर्शन
कैलालीबाट भरुवा बन्दुकसहित २ जना पक्राउ
कैलालीबाट भरुवा बन्दुकसहित २ जना पक्राउ
लतिपुरबाट ४ वर्षीय बालकको अपहरण, कलंकीबाट भियतनामी नागरिक पक्राउ
लतिपुरबाट ४ वर्षीय बालकको अपहरण, कलंकीबाट भियतनामी नागरिक पक्राउ
चुनावमा उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने, कुन क्षेत्रमा कति?
चुनावमा उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने, कुन क्षेत्रमा कति?
कर्णाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता
कर्णाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता