रिहा भएपछि रवीन्द्रको प्रतिक्रिया- अदालतले न्याय गर्दो रहेछ  

Raju Yadav Raju Yadav
|
मंगलबार, आषाढ ३, २०८२
|
|
२ पटक हेरिएको
Shares
रिहा भएपछि रवीन्द्रको प्रतिक्रिया- अदालतले न्याय गर्दो रहेछ  

सारांश

  • ३ असार, काठमाडौं ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अदालतले न्याय दिएको प्रतिक्रिया दिएका छन् ।
  •  काठमाडौं जिल्ला अदालतले तोकेको ३ लाख धरौटी बुझाएर निस्किएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

३ असार, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अदालतले न्याय दिएको प्रतिक्रिया दिएका छन् । काठमाडौं जिल्ला अदालतले तोकेको ३ लाख धरौटी बुझाएर निस्किएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘राज्यले अन्याय गर्दा पनि अहिलेको परिस्थितिमा पनि अदालत न्याय दिन सक्षम रहेछ,’ मिश्रले भनेका छन्, ‘अदालतले आफ्नो विवेक प्रयोग गर्ने ठाउँमा गर्दो रहेछ भन्ने कुराले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास गर्छु ।’ राज्यबाट दोषी करार हुनेगरी आफूमाथि लगाइएको विभिन्न आरोप दुखद रहेको उनले बताए ।

गत चैत १५ गते भएको तीनकुने घटनापछि पक्राउ परेका मिश्र धरौटी बुझाएर अदालतबाट बाहिरिएका हुन् । मिश्र आज आफैं अदालत उपस्थित भएका थिए । मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो । गत चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शन भड्किएर हिंसात्मक बनेको थियो । २ जनाको मृत्यु हुने गरी भएको घटनामा मिश्रले उत्तेजक अभिव्यक्ति दिएका थिए । सोही घटनाका योजनाकार मानिएका दुर्गा प्रसाईंलाई भने अदालतले थुनामा पठाउन आदेश दिइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारलाई शिक्षक महासंघको अल्टिमेटम – २१ गतेभित्र विधेयक पारित नभए थप शक्तिशाली आन्दोलन
सरकारलाई शिक्षक महासंघको अल्टिमेटम – २१ गतेभित्र विधेयक पारित नभए थप शक्तिशाली आन्दोलन
बुधबार कति पुग्यो सुन चाँदीको मूल्य ?
बुधबार कति पुग्यो सुन चाँदीको मूल्य ?
सुन प्रकरणमा पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति
सुन प्रकरणमा पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति
त्रिशूलीमा बेपत्ता बस र यात्रुहरुको वाटर ड्रोन मार्फत खोजी गरिंदै
त्रिशूलीमा बेपत्ता बस र यात्रुहरुको वाटर ड्रोन मार्फत खोजी गरिंदै
यात्रुबस दुर्घटना हुँदा एककाे मृत्यु, सात जना घाईते
यात्रुबस दुर्घटना हुँदा एककाे मृत्यु, सात जना घाईते
कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले केन्द्रीय कार्यालय घेर्नुपर्छ: शंकर तिवारी
कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले केन्द्रीय कार्यालय घेर्नुपर्छ: शंकर तिवारी
सर्लाहीसहित देशका केही ठाउँमा तेज वर्षा
सर्लाहीसहित देशका केही ठाउँमा तेज वर्षा
फेक लाइसेन्स प्रकरण : अख्तियारले माग्यो ४०२ कर्मचारीको तीनपुस्ते विवरण
फेक लाइसेन्स प्रकरण : अख्तियारले माग्यो ४०२ कर्मचारीको तीनपुस्ते विवरण
प्रहरी कार्यालय तोडफोड गर्ने ८ जना आफैं पुगे प्रहरीमा
प्रहरी कार्यालय तोडफोड गर्ने ८ जना आफैं पुगे प्रहरीमा
साउन २९ देखि पूरक परीक्षा हुने
साउन २९ देखि पूरक परीक्षा हुने