उद्योग मन्त्रालयमा सडक निर्माणको बजेट, मन्त्री भण्डारीको जिल्ला मात्रै २१ करोड
सारांश
- ३ असार, काठमाडौं ।
- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यक्रम सडकमा ७५ करोड रुपैयाँ विनियोजन भएको पाइएको छ ।
- मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार पहुँचमार्गका नाममा विभिन्न १९ परियोजनामा सो बराबरको रकम विनियोजन भएको हो ।
३ असार, काठमाडौं ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यक्रम सडकमा ७५ करोड रुपैयाँ विनियोजन भएको पाइएको छ । मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार पहुँचमार्गका नाममा विभिन्न १९ परियोजनामा सो बराबरको रकम विनियोजन भएको हो । यस अनुसार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको जिल्ला बैतडीमा मात्रै २१ करोडका ७ योजनामा तीन तीन करोड परेका छन् । बाँकी ११ योजना ३४ करोड ३३ लाखका योजना छन् । विराटनगरको सडक विस्तारमा २० करोड विनियोजन गरिएकाे छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?




प्रतिक्रिया