परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

Raju Yadav Raju Yadav
|
शुक्रबार, जेठ १६, २०८२
|
|
२ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

सारांश

  • १६ जेठ, काठमाडौं ।
  •   परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ ।
  • विदेशमन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा रहकी मन्त्री राणा र चिनियाँ विदेशमन्त्रीबीच सो भेटवार्ता भएको हो ।

१६ जेठ, काठमाडौं । 

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ । विदेशमन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा रहकी मन्त्री राणा र चिनियाँ विदेशमन्त्रीबीच सो भेटवार्ता भएको हो ।

भेटका क्रममा नेपाल चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारका साथै यस वर्ष दुवै देशले मनाइरहेका नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षका विषयहरूमा कुराकानी भएको थियो । भेटका क्रममा मन्त्री राणाले नेपालले चीनसँगको सम्बन्धलाई महत्व दिँदै आएको प्रसंग उल्लेख गर्दै एक असल मित्रराष्ट्रका रूपमा नेपालको आर्थिक, सामाजिक विकासका क्षेत्रमा विगत लामो समयदेखि चीनले पुर्‍याउँदै आएको सहयोग र समन्वयका लागि विदेशमन्त्री वाङमार्फत् चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद ज्ञापन गरेकी थिइन् । साथै आगामी दिनमा पनि आर्थिक, प्राविधिक, प्रविधि हस्तान्तरण एवं प्रत्यक्ष वैदेशिक लगानी लगायतका विविध क्षेत्रहरुमा नेपालमा चीनको सहयोगको निरन्तरताको अपेक्षा नेपालले गरेको मन्त्री राणाले बताइन् ।

त्यस अवसरमा मन्त्री राणाले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रही आएको दोहोर्‍याउँदै नेपाली भूमि चीनका विरुद्धमा प्रयोग हुन नदिइने कुरामा नेपाल अडिग रहेको पनि स्पष्ट पारिन् । मन्त्री राणाले नेपालले हालै सम्पन्न गरेको सगरमाथा संवादमा चीनबाट भएको प्रतिनिधित्वका लागि चीन सरकारलाई विशेष धन्यवाद दियन् । साथै सो भेटका क्रममा नेपाल चीनबीचमा केही वर्ष यतादेखि भइरहेका उच्चस्तरीय भ्रमणहरूका बारेमा चर्चा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गत डिसेम्बरमा गरेको चीनको औपचारिक भ्रमण र त्यस अवसरमा भएका सहमति एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा पनि कुराकानी भएको थियो ।

यस नर्ष नेपाल र चीनले कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइरहेकाले यसै अवसरमा नेपालको भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङलाई मन्त्री राणाले निमन्त्रणा पनि दिइन् । दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षका अवसरमा सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाइएकाले यस वर्ष नेपालमा बढीभन्दा बढी चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाल इच्छुक रहेको पनि मन्त्री राणाले त्यस भेटका क्रममा बताइन् । भेटका क्रममा चिनियाँ विदेशमन्त्री वाङले नेपालले हालै आयोजना गरेको सगरमाथा संवाद सफलतापूर्वक सम्पन्न गरेकोमा मन्त्री राणामार्फत् नेपाल सरकारलाई बधाई ज्ञापन गरे । उनले जलवायु परिवर्तन र यसको असरलाई कम गर्ने तथा वातावरण संरक्षण गर्ने क्षेत्रमा आगामी दिनमा नेपालसँग सहकार्य गर्न चीन तयार रहेको बताए ।

उनले चीनले नेपाललाई दिँदै आएको सहयोग आगामी दिनमा निरन्तर रहने बताउँदै चीनको समन्वयमा स्थापना हुने मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय संगठनमार्फत् आगामी दिनमा नेपालसँग पनि समन्वयका साथ अघि बढ्न सकिने धारणा राखे । विदेशमन्त्री वाङले प्रधानमन्त्री ओलीको चीन भ्रमणका भएका सहमति र सम्झौताहरुको कार्यान्वयन अघि बढाउन मन्त्री डा राणामार्फत् नेपाल सरकारलाई आग्रह गरे । साथै मन्त्री राणाले दिएको नेपाल भ्रमणको निमन्त्रणा स्वीकार गर्दै आफू नेपाल भ्रमणमा आउने बताए । मन्त्री वाङले नेपालको कूटनीतिक क्षेत्रमा हाल मन्त्री डा राणाको नेतृत्वमा भइरहेका र अघि सारिएका कार्यक्रमहरूको प्रशंसा गर्दै विश्व महिला नेतृत्वसम्बन्धी फोरममा सहभागिताका लागि चीन सरकारका तर्फबाट मन्त्री राणालाई विशेष निमन्त्रणा पनि दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरानमा १० राजनीतिक दलले लगाए खानेपानी काउन्टरमा ताला
धरानमा १० राजनीतिक दलले लगाए खानेपानी काउन्टरमा ताला
विकासका क्षेत्रमा लगानीअनुसार उपभोग भएको छैन : मुख्यमन्त्री पाण्डे
विकासका क्षेत्रमा लगानीअनुसार उपभोग भएको छैन : मुख्यमन्त्री पाण्डे
भारतमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृ*त्यु
भारतमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृ*त्यु
मेयर बस्नेतले ९ करोड घुस लिएको अख्तियारको ठहर
मेयर बस्नेतले ९ करोड घुस लिएको अख्तियारको ठहर
अल्बानिया पठाइन्दिन्छु भन्दै ठगी गरेको अभियोगमा १ जना पक्राउ
अल्बानिया पठाइन्दिन्छु भन्दै ठगी गरेको अभियोगमा १ जना पक्राउ
ललितपुरको झम्सीखेलमा गोली चल्यो
ललितपुरको झम्सीखेलमा गोली चल्यो
दिल्लीमा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा रेनु दाहालको सहभागी
दिल्लीमा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा रेनु दाहालको सहभागी
प्रधानमन्त्री प्रचण्ड आइतबार भारत जाँदै, को-को छन् टोलीमा ?
प्रधानमन्त्री प्रचण्ड आइतबार भारत जाँदै, को-को छन् टोलीमा ?
३ दिनमा सर्लाहीसहित यी ९ जिल्लामा बाढीको ठूलो सम्भावना, सतर्कता अपनाउनुहुन अनुरोध
३ दिनमा सर्लाहीसहित यी ९ जिल्लामा बाढीको ठूलो सम्भावना, सतर्कता अपनाउनुहुन अनुरोध
सर्लाहीमा जसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
सर्लाहीमा जसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न