लाखौँ जनता सडकमा आए ,गणतन्त्र एकै दिनमा समाप्त हुन्छ, राजेन्द्र लिङ्देन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १२, २०८२
|
|
११ पटक हेरिएको
Shares
लाखौँ जनता सडकमा आए ,गणतन्त्र एकै दिनमा समाप्त हुन्छ, राजेन्द्र लिङ्देन

सारांश

  •   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौँ जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुने दाबी गरेका छन्।
  • काठमाडौंमा सोमबार आयोजित ‘युवासँग राप्रपा’ कार्यक्रममा बोल्ने क्रममा उनले भारतमा १९० वर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण दिँदै दुई दशक नपुगेको गणतन्त्र लाखौँ जनता सडकमा आए एकै दिनमा समाप्त हुने बताएका हुन्।
  • लिङ्देनले भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण आन्दोलनबाट अहिलेको व्यवस्थालाई हटाएर छाड्ने दाबी पनि गरे।

 

१२ जेठ, काठमाडौं । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौँ जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुने दाबी गरेका छन्। काठमाडौंमा सोमबार आयोजित ‘युवासँग राप्रपा’ कार्यक्रममा बोल्ने क्रममा उनले भारतमा १९० वर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण दिँदै दुई दशक नपुगेको गणतन्त्र लाखौँ जनता सडकमा आए एकै दिनमा समाप्त हुने बताएका हुन्।

लिङ्देनले भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण आन्दोलनबाट अहिलेको व्यवस्थालाई हटाएर छाड्ने दाबी पनि गरे। अहिलेको व्यवस्थाप्रति जनतामा चरम असन्तुष्टि रहेको भन्दै यही अवस्था रहे बर्षौसम्म पनि अनुभूति हुनेगरी परिवर्तन महसुस गर्न नपाउने उनले बताए। देश बिग्रिए केपी ओली, शेरबहादुर देउवा वा प्रचण्डको केही नबिग्रने तर युवाहरू भविष्य भने बिग्रने भएकाले युवाहरू नै सचेत भएर अघि बढ्नुपर्नेमा लिङ्देनले जोड दिए। अध्यक्ष लिङ्दनेले अहिलेका दलबाट देश थप जटिल अवस्थामा पुग्ने भएकाले समयमा नै व्यवस्था परिवर्तन गर्नुपर्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?