महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग

Raju Yadav Raju Yadav
|
सोमबार, जेठ १२, २०८२
|
|
२ पटक हेरिएको
Shares
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग

सारांश

  • १२ जेठ, काठमाडौं ।
  •   काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका बैठकको माग गर्दै मेयर बालेन शाहलाई पत्र बुझाइएको छ ।
  • उनीहरुले ७ दिनभित्र बैठक राख्न मेयर शाहसँग माग गरेका छन् ।

१२ जेठ, काठमाडौं । 

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका बैठकको माग गर्दै मेयर बालेन शाहलाई पत्र बुझाइएको छ । उनीहरुले ७ दिनभित्र बैठक राख्न मेयर शाहसँग माग गरेका छन् । पुस १४ गतेदेखि नगर कार्यपालिकाको बैठक बस्न नसकेको भन्दै उनीहरुले तत्काल बैठक राख्न माग गरेका हुन् । झण्डै ६ महिनादेखि नगर कार्यपालिकाको बैठक बस्न सकेको छैन । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माणको प्राथमिकताका विषयमा महानगरले कार्यपालिकामा छलफल गर्नु पर्ने भए पनि शाहले बैठक बोलाएका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ मा ‘कार्यपालिकाको बैठक कम्तिमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था भए पनि मेयर शाहले त्यसलाई लत्याएका हुन् ।के हो विवाद ? पछिल्लो ममय काठमाडौं महानगरमा मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीचको द्वन्द्वका कारण समस्या देखिएको छ ।कार्यपालिकाको बैठक नगर प्रमुखले बोलाउने र बैठकको अध्यक्षता गर्ने प्रावधान ऐनमा छ । नगर प्रमुखले सभा र कार्यपालिका बैठकमा कार्यसूची पेस गर्नुपर्ने छ भने कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत पदेन सदस्य हुने व्यवस्था छ।

नगर प्रमुखले कार्यपालिका बैठक आह्वान भएको सूचना अन्य सदस्यको हकमा प्रमुख प्रशासकीय अधिकृतलाई दिनुपर्ने र प्रमुख प्रशासकीय अधिकृतले बैठक आह्वान भएको सूचना कार्यपालिका सदस्यलाई दिने व्यवस्था छ । तर, बालेन त्यो चाहँदैनन्। काठमाडौं टावरको नक्सा पासका विषयमा बालेन र गुरागाईंबीच समस्या देखिएको छ । बालेनले गुरागाईंलाई कारबाही गर्दै संघीय सरकारसँग नयाँ प्रशासकीय अधिकृत माग गरेको थियो तर पठाएन र उनैलाई हाजिर गराउन पत्र काट्यो । त्यसपछि गुरागाईँ महानगरमा हाजिर गर्न पुगे । लामो समयको तलब रोकिएपछि उनलाई कार्यालयमा स्वागत गर्न उपमेयर सुनिता डंगोलसहित अधिकांश वडा अध्यक्षहरु र कर्मचारी लागेका थिए । त्यसयता गुरागाईंले काम गरिरहे पनि बालेनसँग औपचारिक छलफल हुन सकेको छैन । महानगरको कार्यपालिकामा नेपाली कांग्रेसको बहुमत छ । जसका कारण बालेन एक्लिने देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ महानगरले सुक्खा फोहर व्यवस्थापन गर्न क्षेत्र निर्धारण
काठमाडौँ महानगरले सुक्खा फोहर व्यवस्थापन गर्न क्षेत्र निर्धारण
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
स्वास्थ्य मन्त्रालयले माग्यो अस्पताल तथा स्वास्थ्य संस्थाहरुको जग्गाको विवरण
स्वास्थ्य मन्त्रालयले माग्यो अस्पताल तथा स्वास्थ्य संस्थाहरुको जग्गाको विवरण
पूर्वाधार पुनर्निर्माणसँगै फेरियो विद्यालयको मुहार   
पूर्वाधार पुनर्निर्माणसँगै फेरियो विद्यालयको मुहार   
भ्रष्टाचार आरोपमा पन्जाबका डीआईजी पक्राउ
भ्रष्टाचार आरोपमा पन्जाबका डीआईजी पक्राउ
सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
पुस मसान्तभित्र बुझाउँदा १० प्रतिशत कर छुट, बक्यौतामा लाग्ने सबै जरिवाना छुट
पुस मसान्तभित्र बुझाउँदा १० प्रतिशत कर छुट, बक्यौतामा लाग्ने सबै जरिवाना छुट
कोषको १५ दिने अल्टिमेटमविरुद्ध पशुपति क्षेत्रका स्थानीय आन्दोलित
कोषको १५ दिने अल्टिमेटमविरुद्ध पशुपति क्षेत्रका स्थानीय आन्दोलित
वीरगन्जमा शुक्रबार ‘गहवामाई रथयात्रा’ निकालिँदै, सुरक्षाकर्मी ‘हाइ अलर्ट’मा
वीरगन्जमा शुक्रबार ‘गहवामाई रथयात्रा’ निकालिँदै, सुरक्षाकर्मी ‘हाइ अलर्ट’मा