नेपाललाई यूएईले दियो ११५ रनको लक्ष्य

Raju Yadav Raju Yadav
|
सोमबार, जेठ ५, २०८२
|
|
२ पटक हेरिएको
Shares
नेपाललाई यूएईले दियो ११५ रनको लक्ष्य

सारांश

  •   ५ जेठ, काठमाडौं ।
  • आईसीसी महिला टी–२० विश्वकपका लागि एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सुपर–३ चरणमा नेपाललाई यूएईले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
  • थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११४ रन जोडेको हो ।

५ जेठ, काठमाडौं ।

आईसीसी महिला टी–२० विश्वकपका लागि एसियाली क्षेत्रको छनोट प्रतियोगिताको सुपर–३ चरणमा नेपाललाई यूएईले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११४ रन जोडेको हो ।

यूएईका लागि ओपनर इशा ओझाले ३९ बलमा २ चौका र एक छक्काको मदतमा सर्वाधिक ३९ रन नै जोडिन् ।  साथै अर्की ओपनर तीर्थ सतीशले ३२ बलमा २१ रन जोडिन् । बलिङमा नेपालकी मनिषा उपाध्यायले सर्वाधिक ४ विकेट लिइन् । यस खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना बढ्नेछ । आयोजक थाइल्यान्ड भने सुपर तीनको एक खेल अगावै ग्लोबल छनोटमा पुगेको छ । प्रतियोगितामा आइतबारको खेलमा थाइल्यान्डले यूएईलाई ४५ रनले हराएको थियो ।

प्रतियोगितामा सहभागी नेपाल समूह ‘सी’को विजेता हो भने थाइल्यान्ड समूह ‘ए’ र यूएई समूह ‘बी’को विजेता टिम हुन् । प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ । यो प्रतियोगितामा सहभागी तीन टिमले एकअर्कासँग एक–एक खेल खेल्नेछन् । सुपर–३ प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने महिला टिमले टी–२० विश्वकपको छनोट प्रतियोगितामा प्रवेश पाउनेछन् । यो प्रतियोगितामा १० टोली सहभागी हुनेछन् । अहिलेसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने बंगलादेश, स्कटल्यान्ड र अमेरिका गरेर तीन टिमको मात्र टुंगो लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली आज जनकपुर आउदै, एकैपटक ६४ सडकको शिलान्यास गर्ने
प्रधानमन्त्री ओली आज जनकपुर आउदै, एकैपटक ६४ सडकको शिलान्यास गर्ने
जेनजी आनदोलनमा भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो
जेनजी आनदोलनमा भएको क्षतिका लागि बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो
सर्लाहीको मनुष्मारा नदीमा डुबेर युवकको मृ*त्यु
सर्लाहीको मनुष्मारा नदीमा डुबेर युवकको मृ*त्यु
एकै पटक ६३ सहायक न्यायाधिवक्ताको काज सरुवा, यस्तो छ सूची
एकै पटक ६३ सहायक न्यायाधिवक्ताको काज सरुवा, यस्तो छ सूची
आन्दोलनमा घाइते कवाड व्यवसायीको नि:शुल्क उपचार गर्न अमरेशको माग
आन्दोलनमा घाइते कवाड व्यवसायीको नि:शुल्क उपचार गर्न अमरेशको माग
सर्लाही लगायत देशका विभिन्न जिल्लाहरुमा शक्तिशाली भूकम्पको धक्का
सर्लाही लगायत देशका विभिन्न जिल्लाहरुमा शक्तिशाली भूकम्पको धक्का
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै
फुटेको एक्टोपिक गर्भावस्थाको जटिल शल्यक्रियाबाट जोगियो महिलाको ज्यान
फुटेको एक्टोपिक गर्भावस्थाको जटिल शल्यक्रियाबाट जोगियो महिलाको ज्यान
गृहमन्त्री महतोद्वारा प्रादेशिक अस्पतालको छड्के अनुगमन
गृहमन्त्री महतोद्वारा प्रादेशिक अस्पतालको छड्के अनुगमन
एभरेस्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ
एभरेस्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ