मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त

Raju Yadav Raju Yadav
|
आइतबार, जेठ ४, २०८२
|
|
२ पटक हेरिएको
Shares
मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त

सारांश

  •   ४ जेठ, काठमाडौं ।
  • मेक्सिकन नौसेनाको एक जहाज न्यूयोर्क शहरमा अवस्थित ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त भएको छ ।
  • सो जहाज एक विशेष समारोहका लागि जाँदै थियो ।

 

४ जेठ, काठमाडौं ।

मेक्सिकन नौसेनाको एक जहाज न्यूयोर्क शहरमा अवस्थित ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त भएको छ । सो जहाज एक विशेष समारोहका लागि जाँदै थियो । दुर्घटनाको एक भिडियोमा शनिबार साँझ सो जहाज पुल मुनिबाट जाँदै गर्दा मुस्तल (जहाजको माथि राखिने विशाल खम्बा) ठोक्किएको देखिन्छ ।

त्यसपछि जहाजको मुस्तलका टुक्रा जहाजमाथि नै खसेका थिए । त्यसबाट केही घाइते भएको बताइन्छ । न्यूयोर्क शहरको आकस्मिक सेवा तत्कालै सक्रिय भएको थियो । यसबारे थप विवरण आउन बाँकी छ । मेक्सिकन नौसेनाले पुलमा ठोक्किएर जहाज क्षतिग्रस्त भएको पुष्टि गरेको छ । साथै यस घटनाको अनुसन्धान भइरहेको पनि जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?