विद्युतीय सवारी साधनको प्रवर्द्धनमा छौँ : हितेन्द्रदेव शाक्य

Raju Yadav Raju Yadav
|
शनिबार, जेठ ३, २०८२
|
|
२ पटक हेरिएको
Shares
विद्युतीय सवारी साधनको प्रवर्द्धनमा छौँ : हितेन्द्रदेव शाक्य

सारांश

  •   ३ जेठ,काठमाडौं ।
  •   सरोकारवालाहरुले दिगो विद्युत् उत्पादनलाई स्वच्छ ऊर्जाको उत्पादन क्षमता वृद्धिमा जोड दिएका छन् ।
  • शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनको पाँचौँ समानान्तर सत्रअन्तर्गत ‘भविष्यको ऊर्जाः स्वच्छ ऊर्जाको सदुपयोग’ विषयमा बोल्दै उनीहरुले ऊर्जा उत्पादन बढाएर निर्यात प्रवर्द्धनका लागि स्वच्छ ऊर्जाको सदुपयोग बढाउन आवश्यक रहेको बताएका हुन् ।

३ जेठ,काठमाडौं । 

सरोकारवालाहरुले दिगो विद्युत् उत्पादनलाई स्वच्छ ऊर्जाको उत्पादन क्षमता वृद्धिमा जोड दिएका छन् । शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनको पाँचौँ समानान्तर सत्रअन्तर्गत ‘भविष्यको ऊर्जाः स्वच्छ ऊर्जाको सदुपयोग’ विषयमा बोल्दै उनीहरुले ऊर्जा उत्पादन बढाएर निर्यात प्रवर्द्धनका लागि स्वच्छ ऊर्जाको सदुपयोग बढाउन आवश्यक रहेको बताएका हुन् । सत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जलवायुजन्य चुनौतीका कारण पानीको स्रोत घट्ने र जलविद्युत् उत्पादनमा समेत असर पुग्ने बताए । ‘

जाडो याममा पानीको स्रोत घट्दा नै नेपालले ऊर्जा भारतबाट आयात गरेर विद्युत् आपूर्ति गराएका छौँ’, उनले भने, ‘अर्को समस्या भनेको प्रसारण लाइन जडानकै क्रममा धेरैजसो स्थानीय प्रतिरोधको सामना गर्नुपरेको छ, सर्वसाधारणहरु प्रसारण लाइन चाहन्छन्, तर आफ्नै घर अगाडि र पछाडि होइन, अब त्यसलाई कसरी प्रवर्द्धन गर्ने ?’ शाक्यले उद्योगहरूलाई विद्युतीकरण गर्नका लागि भरपर्दो ऊर्जा आवश्यक रहेको बताए । नेपालको प्रसारण प्रणाली निकै कमजोर रहेको भन्दै उनले भने, ‘हिजो साँझ मात्रै धेरै पटक लाइन काटियो, किनभने हाम्रो प्रसारण प्रणाली निकै कमजोर छ, एउटा लिङ्क बिग्रिएपछि सिङ्गो प्रणाली नै बन्द हुन्छ ।’ अहिले प्रसारण सञ्जालमा निजी क्षेत्रको सहभागिता पनि खोजिएका र यसका लागि नियामक संरचना आवश्यकपर्ने उनको भनाइ छ । ‘निजी क्षेत्रलाई कसरी समावेश गर्ने भन्ने विषय महत्वपूर्ण छ, नेपाल विद्युत् प्राधिकरणसँग पर्याप्त वित्तीय स्रोत छैन, त्यसैले निजी क्षेत्रलाई आकर्षित गर्नुपर्छ’, शाक्यले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान
संविधान दिवसको अवसरमा लक्ष्मी बल्ड कनेक्टसद्वारा खुल्ला रक्तदान
नेपाल आईपुगिन् देवि प्रतिभा, पोखरामा गरियो स्वागत
नेपाल आईपुगिन् देवि प्रतिभा, पोखरामा गरियो स्वागत
युरेसियन महिला फोरममा भाग लिन उपसभामुख राना रूस प्रस्थान
युरेसियन महिला फोरममा भाग लिन उपसभामुख राना रूस प्रस्थान
एमाले महाधिवेशनमा अध्यक्ष ओलीले लिए पद तथा गोपनियताको सपथ
एमाले महाधिवेशनमा अध्यक्ष ओलीले लिए पद तथा गोपनियताको सपथ
मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया
मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया
म्यानमार छाडेर बङ्गलादेश भागिरहेका रोहिंग्यामाथि ड्रोन हमला, २०० भन्दा धेरैको मृत्यु
म्यानमार छाडेर बङ्गलादेश भागिरहेका रोहिंग्यामाथि ड्रोन हमला, २०० भन्दा धेरैको मृत्यु
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव : २० लाख दर्शनार्थी सहभागी
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव : २० लाख दर्शनार्थी सहभागी
राष्ट्रपतिबाट कैद मिनाहा पाएको ५ महिनामा अपहरणको धम्की दिएपछि फेरि पक्राउ
राष्ट्रपतिबाट कैद मिनाहा पाएको ५ महिनामा अपहरणको धम्की दिएपछि फेरि पक्राउ
रास्वपाले गर्‍यो सबै प्रदेश इन्चार्जहरूलाई जिम्मेवारी मुक्त
रास्वपाले गर्‍यो सबै प्रदेश इन्चार्जहरूलाई जिम्मेवारी मुक्त
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला