राजविराज औद्योगिक क्षेत्र सञ्चालनको माग

Raju Yadav Raju Yadav
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
२ पटक हेरिएको
Shares
राजविराज औद्योगिक क्षेत्र सञ्चालनको माग

सारांश

  •   ३० वैशाख ,काठमाडौँ,  : .
  • सांसद रञ्जुकुमारी झाले राजविराज औद्योगिक क्षेत्र सञ्चालनको माग गर्नुभएको छ ।
  • करिब ३८ वर्ष अघि सप्तरीको राजविराजमा स्थापना भएको औद्योगिक क्षेत्र हालसम्म पनि सञ्चालनमा आउन नसकेकामा उहाँले गुनासो गर्नुभयो ।

 

३० वैशाख ,काठमाडौँ,  : .

सांसद रञ्जुकुमारी झाले राजविराज औद्योगिक क्षेत्र सञ्चालनको माग गर्नुभएको छ । करिब ३८ वर्ष अघि सप्तरीको राजविराजमा स्थापना भएको औद्योगिक क्षेत्र हालसम्म पनि सञ्चालनमा आउन नसकेकामा उहाँले गुनासो गर्नुभयो ।  प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद झाले आवश्यक साधन र स्रोतको प्रबन्ध गरेर सो औद्योगिक क्षेत्र सञ्चालन गर्न तथा आर्थिक विकासको मार्गमा स्थानीयवासीलाई केन्द्रित गर्न सरकारसँग माग गर्नुभयो । सांसद अब्दुल खानले झन्डै दुई महिनादेखि विभिन्न माग राख्दै आन्दोलनरत पिछडा वर्गलाई वार्तामा बोलाई समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले चामल नभई धान आयात गर्नुपर्ने, इँटा उद्योगलाई कानुनी दायरामा ल्याउन तथा बिमाको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रामप्रकाश चौधरीले तराईका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरी हुँदा किसान मर्कामा परेको विषय संसदमा उठाउनुभयो । सांसद रञ्जिता श्रेष्ठले कैलालीमा बस्दै आएका थारू र दलित समुदायका कतिपय परिवारसँग एक टुक्रापनि जमिन नहुनु दुःखद भएको बताउनुभयो । उहाँले ती समुदायलाई तत्काल लालपुर्जा र भूमि उपलब्ध गराउन सरकारसँग माग  गर्नुभयो । सांसद प्रेम सुवालले बुद्ध दर्शन मानव जातिको हित प्रवद्र्धन गर्ने सोच र मान्यता भएको उल्लेख गर्दै समाजलाई थप मार्गदर्शन गर्न यसको प्रचारप्रसार आवश्यक भएको बताउनुभयो । nसांसद चित्रबहादुर केसीले बाग्लुङमा निर्माणाधीन पुष्पलाल लोकमार्गमा भइरहेको ढिलाइप्रति आपत्ति प्रकट गर्दै निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन आग्रह गर्नुभयो ।सांसद प्रभु साहले मेची महाकालीका जनताले हुलाकी राजमार्गमा सहज रुपमा यात्रा गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सरस्वती बजिमयले मुलुकभित्र सूचना प्रविधिको क्षेत्रमा लगानी विस्तार भइरहेको बेला नीतिगत अस्थिरताका कारण समस्या पैदा भएकाले तत्काल समस्या समाधान गर्न आग्रह गर्नुभयो । उहाँले सो क्षेत्रमा कर छुट दिई लगानी विस्तार हुने वातावरण बनाउन माग गर्नुभयो ।  सांसद नारायणप्रसाद आचार्यले क्षणिक लाभका लागि तथ्य र अवस्था बिर्सेर केवल भाइरल हुने उद्देश्य राखेर राजनीतिलाई विकृत बनाउन नहुने बताउनुभयो । उहाँले देश र जनतालाई आशावादी बनाउने सोचका साथ राजनीतिक गतिविधिलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । कालीगण्डकी करिडोर, नागढुङ्गा नौबिसे सुरुङमार्ग, सिद्धबाबा सुरुङमार्ग जस्ता विकास निर्माणका बारेमा संसद्मा छलफल गर्न सांसद आचार्यले माग गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनपुरमा दुई किलो चरेससहित होटल सञ्चालक पक्राउ
कञ्चनपुरमा दुई किलो चरेससहित होटल सञ्चालक पक्राउ
सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने जसपाको तयारी
सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने जसपाको तयारी
कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार
कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग
प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग
रौतहटबाट काठमाडौँ आउँदै गरेको बस चितवनमा दुर्घटना, २० जना घाइते
रौतहटबाट काठमाडौँ आउँदै गरेको बस चितवनमा दुर्घटना, २० जना घाइते
पहिरो खसेर बेनी–जोमसोम सडक अवरुद्ध
पहिरो खसेर बेनी–जोमसोम सडक अवरुद्ध
लमजुङमा विद्यालयमा नृत्य गर्ने क्रममा विद्यार्थीको मृत्यु
लमजुङमा विद्यालयमा नृत्य गर्ने क्रममा विद्यार्थीको मृत्यु
लुम्बिनीमा नेपालकै पहिलो अत्याधुनिक संरक्षण प्रयोगशाला स्थापना
लुम्बिनीमा नेपालकै पहिलो अत्याधुनिक संरक्षण प्रयोगशाला स्थापना
पानी संकटः अन्नको भण्डार मधेसमा असार सकिँदा ३६ प्रतिशत मात्रै धान रोपाईं
पानी संकटः अन्नको भण्डार मधेसमा असार सकिँदा ३६ प्रतिशत मात्रै धान रोपाईं