बुद्ध दर्शन हाम्रा लागि सम्पत्ति : मुख्यमन्त्री कार्की

Raju Yadav Raju Yadav
|
सोमबार, बैशाख २९, २०८२
|
|
२ पटक हेरिएको
Shares
बुद्ध दर्शन हाम्रा लागि सम्पत्ति : मुख्यमन्त्री कार्की

सारांश

  •     २९ वैशाखः विराटनगर,  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्व शान्ति र विकासको खोजीमा रहेको जनाउँदै गौतमबुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त हुने बताउनुभएको छ ।
  • पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उहाँले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मजयन्तीको यस अवसरमा शान्ति र अहिंसाको माध्यमबाट विकास र समृद्धिको पथमा लम्किरहेका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।
  • उहाँले आज विश्व शान्ति र अहिंसाको खोजीमा रहेको चर्चा गर्दै सुन्दर, विशाल र शान्त भूमिमा जन्मिएर गौतमबुद्धले देखाउनुभएको सत्मार्गलाई आत्मसात् गरेर अघि बढ्न सके संसार शान्तिको बाटोमा उभिन सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

  २९ वैशाखः विराटनगर, 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्व शान्ति र विकासको खोजीमा रहेको जनाउँदै गौतमबुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त हुने बताउनुभएको छ । पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उहाँले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मजयन्तीको यस अवसरमा शान्ति र अहिंसाको माध्यमबाट विकास र समृद्धिको पथमा लम्किरहेका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

उहाँले आज विश्व शान्ति र अहिंसाको खोजीमा रहेको चर्चा गर्दै सुन्दर, विशाल र शान्त भूमिमा जन्मिएर गौतमबुद्धले देखाउनुभएको सत्मार्गलाई आत्मसात् गरेर अघि बढ्न सके संसार शान्तिको बाटोमा उभिन सक्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँका दिव्य ज्ञानलाई विश्वका कुनाकुनामा फैलाउन सके नेपालको मात्र होइन, विश्वकै उन्नति र प्रगति हुने आशा व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले शान्तिका प्रतीकका रूपमा रहेका महामानव गौतमबुद्धको जन्मभूमि नेपाल हुनु र यहाँबाट हामीले शान्तिको सन्देश विश्वभर फैलाउन सक्नु हाम्रो गौरवको विषय भएको उल्लेख गर्नुभएको छ ।

उहाँले नेपाल बहुजाति, बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक मुलुक रहेको स्मरण गर्दै यो विविधता बीचमा बुद्धले हुर्काएको बुद्ध दर्शन हाम्रा लागि सम्पत्ति भएको बताउनुभएको छ । बुद्धको दर्शनलाई हामीले संसारभर फैलाउँदै समृद्धिको यात्रालाई बल पु¥याउन सकिने भन्दै मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा यो दिनले धार्मिक, सामाजिक तथा आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ र सबल बनाउन सक्ने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जन्मकैद सजाय पाएर कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ
जन्मकैद सजाय पाएर कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता
‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम
‘आमा समूहसँग उपमेयर’ कार्यक्रममार्फत महिलालाई सीपमूलक तालिम
बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा
बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा
मधेशको सरकार गठन प्रक्रिया निन्दनीय : कांग्रेस महामन्त्री शर्मा
मधेशको सरकार गठन प्रक्रिया निन्दनीय : कांग्रेस महामन्त्री शर्मा
चितवन निकुञ्जमा पोथी गैँडा मृत फेला
चितवन निकुञ्जमा पोथी गैँडा मृत फेला
५८ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
५८ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
कर्णाली प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता जेठ २७ गतेदेखि
कर्णाली प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता जेठ २७ गतेदेखि
गृह मन्त्रालयले गर्‍यो तीन जिल्लाका सीडीओ सरुवा
गृह मन्त्रालयले गर्‍यो तीन जिल्लाका सीडीओ सरुवा
नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे
नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे