भारत–पाकिस्तान तनावपछि गृहमा केन्द्रीय सुरक्षा समितिको बैठक, सीमानामा कडाई

Raju Yadav Raju Yadav
|
बुधबार, बैशाख २४, २०८२
|
|
२ पटक हेरिएको
Shares
भारत–पाकिस्तान तनावपछि गृहमा केन्द्रीय सुरक्षा समितिको बैठक, सीमानामा कडाई

सारांश

  •   २४ वैशाख, काठमाडौं ।
  • भारत–पाकिस्तानबीच बढेको तनावपछि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।
  • बुधबार दिउँसोको बसेको बैठकमा तीन सुरक्षा प्रमुख र नेपाली सेनाका रथी निर्मलकुमार थापा सहभागी थिए।

 

२४ वैशाख, काठमाडौं ।

भारत–पाकिस्तानबीच बढेको तनावपछि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार दिउँसोको बसेको बैठकमा तीन सुरक्षा प्रमुख र नेपाली सेनाका रथी निर्मलकुमार थापा सहभागी थिए। नेपाल प्रहरीका आईजीपी दीपक थापा, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए।

छलफलमा भारत पाकिस्तानको तनावका कारण नेपालमा हुनसक्ने सुरक्षा चुनौती र त्यसका लागि नेपालले अपनाउनु पर्ने सतर्कताका बारेमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ। परिस्थितिलाई नजिकबाट नियाल्ने र आवश्यकता अनुसार योजना बनाउँदै जाने, अहिलेलाई सुरक्षामा निगरानी बढाउने निर्णय भएको छ। मंगलबार रातिदेखि भारत–पाकिस्तानबीच तनाव बढेको छ। उक्त तनावका कारण ती देशमा रहेका नेपाली नागरिकको सुरक्षाको विषयमा पनि छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

पछिल्लो समय बिकशित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्न भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदान गरिरहेको पनि सहप्रवक्ता थापाले बताए। उनका अनुसार एउटा बीओपीबाट अर्को बीओपीसम्म २४ घण्टा सीमा ईलाकामा रहने गरी पट्रोलिङ गरिरहेको छ। अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई प्रधान कार्यालयले विशेष निर्देशन पनि दिएको छ।

सीमा ईलाकामा आवश्यकता अनुसार आवतजावत गर्नेहरुको परिचय पत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्य समेत भईरहेको छ। सम्भावित संकित स्थानहरुमा निगरानी एवं चेकजाँच तथा सुक्ष्म रुपमा खबर संकलन कार्य समेत गरिराखेकोसशस्त्रको दाबी छ। सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत समन्वय गरेर सीमामा आवतजावत गर्नेलाई निगरानी गर्ने कार्य समेत कडाईका साथ गरिरहेको दाबी थापाले गरे। शहरी क्षेत्रका सुरक्षा चुनौती हुनसक्ने ठाउँहरुमा पनि निगरानी बढाएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज मध्य रातिदेखि सर्लाहीका नेपाल–भारत सीमा नाका बन्द हुने
विद्युत प्राधिकरणमा खुल्यो १ हजार ८३ जनालाई रोजगारी
विद्युत प्राधिकरणमा खुल्यो १ हजार ८३ जनालाई रोजगारी
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित
नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित
कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो : कांग्रेस महामन्त्री शर्मा
कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो : कांग्रेस महामन्त्री शर्मा
मन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला
मन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला
प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभामा सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभामा सम्बोधन गर्ने
आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन सांस्कृतिक पर्वले सहयोग पु¥याउँदछ : राष्ट्रपति
आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन सांस्कृतिक पर्वले सहयोग पु¥याउँदछ : राष्ट्रपति
अध्यक्ष प्रचण्डले गरे नयाँ क्रान्तिकाे उद्घोष, कुनै तागतले रोक्न नसक्ने चेतावनी
अध्यक्ष प्रचण्डले गरे नयाँ क्रान्तिकाे उद्घोष, कुनै तागतले रोक्न नसक्ने चेतावनी
गृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको छ : सुदन गुरुङ
गृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको छ : सुदन गुरुङ