बाल संगठनको अनियमिततामा मुद्दा चलाउन महान्यायाधिवक्ताको निर्देशन

Raju Yadav Raju Yadav
|
मंगलबार, बैशाख २३, २०८२
|
|
३ पटक हेरिएको
Shares
बाल संगठनको अनियमिततामा मुद्दा चलाउन महान्यायाधिवक्ताको निर्देशन

सारांश

  •   २३ वैशाख, काठमाडौं ।
  • महान्यायाधिवक्ता कार्यालयले नक्सालस्थित बाल संगठन (बाल मन्दिर)को जग्गा हिनामिनाको घटनामा संलग्नहरूलाई मुद्दा चलाउन निर्देशन दिएको छ ।
  • बाल मन्दिरको जग्गा लिजमा दिने निर्णयमाथि अनुसन्धानपछि प्रहरीले फाइल पेश गरेको थियो भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नपर्ने सिफारिस गरेको थियो ।

२३ वैशाख, काठमाडौं ।

महान्यायाधिवक्ता कार्यालयले नक्सालस्थित बाल संगठन (बाल मन्दिर)को जग्गा हिनामिनाको घटनामा संलग्नहरूलाई मुद्दा चलाउन निर्देशन दिएको छ । बाल मन्दिरको जग्गा लिजमा दिने निर्णयमाथि अनुसन्धानपछि प्रहरीले फाइल पेश गरेको थियो भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नपर्ने सिफारिस गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयको राय उल्ट्याउँदै महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउन निर्देशन दिने निर्णय गरेको थियो । उक्त निर्णयपछि अब बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्नहरूमाथि ठगी मुद्दा चल्नेछ । महन्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले भने, ‘मुद्दा चलाउन नपर्ने भनी राय आएको थियो, त्यसलाई उल्ट्याएर मुद्दा चलाउनुपर्ने भनी निर्देशन दिने निर्णय भएको छ । फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा पठाइसकिएको छ ।’ रिता सिंह वैद्य नेपाल बार संगठनको अध्यक्ष भएको बेला बाल संगठनको जग्गा लिजमा दिने निर्णय भएको छ । उनी लगायत निर्णय प्रक्रियामा संलग्नहरुमाथि अनुसन्धान भएको थियो । रिता सिंह उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फरार सूचीमा रहेका विद्यार्थी नेता यादव धरौटीमा रिहा
फरार सूचीमा रहेका विद्यार्थी नेता यादव धरौटीमा रिहा
इटहरीमा महिलाको शंकास्पद मृत्यु, आफन्तलाई खबरै नगरी रातारात दाहसंस्कार
इटहरीमा महिलाको शंकास्पद मृत्यु, आफन्तलाई खबरै नगरी रातारात दाहसंस्कार
कहिले सुधार होला मौसम ?
कहिले सुधार होला मौसम ?
मधेशको मुख्यमन्त्री कार्यालयबाट स्वच्छता र सफ्टवेयर खरिदका फाइलहरू अख्तियारको नियन्त्रणमा
मधेशको मुख्यमन्त्री कार्यालयबाट स्वच्छता र सफ्टवेयर खरिदका फाइलहरू अख्तियारको नियन्त्रणमा
रोमानिया पठाइदिन्छु भन्दै साढे ९ लाख ठगी गर्ने युवक पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै साढे ९ लाख ठगी गर्ने युवक पक्राउ
प्रधानमन्त्री कप क्रिकेट: कोशीविरुद्ध मधेशले जोड्यो हालसम्मकै उच्चस्कोर, तीन खेलाडीले हिर्काए अर्धशतक
प्रधानमन्त्री कप क्रिकेट: कोशीविरुद्ध मधेशले जोड्यो हालसम्मकै उच्चस्कोर, तीन खेलाडीले हिर्काए अर्धशतक
एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै
एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै
६ सय बोरा चिनी गायब पारेको आरोपमा सशस्त्रका एसपी बस्नेत हेडक्वार्टर तानिए
६ सय बोरा चिनी गायब पारेको आरोपमा सशस्त्रका एसपी बस्नेत हेडक्वार्टर तानिए
जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदन गुरुङको चेतावनी
जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदन गुरुङको चेतावनी
मेलम्चीको पानी राजधानीमा पथान्तरण सुरु
मेलम्चीको पानी राजधानीमा पथान्तरण सुरु