दक्षिण कोरियाली टोली विराटनगरमा, मेयर कोइराला लगायतसँग भेटघाट

Raju Yadav Raju Yadav
|
मंगलबार, बैशाख २३, २०८२
|
|
२ पटक हेरिएको
Shares
दक्षिण कोरियाली टोली विराटनगरमा, मेयर कोइराला लगायतसँग भेटघाट

सारांश

  •   २३ वैशाख, विराटनगर ।
  • नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको दक्षिण कोरियाको द होप सेन्टरको टोलीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासित भेटघाट गरेको छ ।
  • मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले महानगरमा स्वागत गरेका थिए ।

 

२३ वैशाख, विराटनगर ।

नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको दक्षिण कोरियाको द होप सेन्टरको टोलीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासित भेटघाट गरेको छ । मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले महानगरमा स्वागत गरेका थिए ।  किम जोङथेकको नेतृत्वमा आएको कोरियाली टोलीले महानगरको शिक्षा र स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको थियो ।

टोलीले आगामी दिनमा महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको भौतिक पूर्वाधारसँगै गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक र खेलकुद सामग्रीसँगै आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । विगत दुई दशकदेखि कोरियामा व्यवसायसँगै समाजसेवामा सक्रिय नवराज शिवाकोटीको समन्वयमा आएको द होप सेन्टरको टोली र महानगरबीच आगामी दिनमा शिक्षा र स्वास्थ्यमा सहकार्य गर्ने सहमति भएको छ । सो अवसरमा मेयर कोइरालाले कोरिया र नेपालबीच पुरानो सम्बन्ध रहेको चर्चा गरे । उनले दक्षिण कोरियाले कृषि, प्रविधि, शिक्षा र स्वास्थ्यमा गरेको प्रगति अनुशरणीय रहेको भन्दै प्रशंसा गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?