प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

Raju Yadav Raju Yadav
|
आइतबार, बैशाख २१, २०८२
|
|
२ पटक हेरिएको
Shares
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

सारांश

  •   २१ वैशाखः काठमाडौँ,  यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ आजदेखि सुरु भएको छ ।
  • सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा सञ्चालन हुने प्रतियोगिताको बलाधिकृत रथी निर्मलकुमार थापाले निर्णायकलाई बल हस्तान्तरण गरी शुभारम्भ गर्नुभयो ।
  • सैनिक तालिम महानिर्र्देशनालयद्वारा सञ्चालित प्रतियोगितामा १५ महिलासहित एक सय ९६ खेलाडीले विभिन्न १४ समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

 

२१ वैशाखः काठमाडौँ, 

यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ आजदेखि सुरु भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा सञ्चालन हुने प्रतियोगिताको बलाधिकृत रथी निर्मलकुमार थापाले निर्णायकलाई बल हस्तान्तरण गरी शुभारम्भ गर्नुभयो ।

सैनिक तालिम महानिर्र्देशनालयद्वारा सञ्चालित प्रतियोगितामा १५ महिलासहित एक सय ९६ खेलाडीले विभिन्न १४ समूहमा प्रतिस्पर्धा गर्ने छन् । यही वैशाख २८ गतेसम्म चल्ने तेस्रो संस्करणको उक्त प्रतियोगितामा विभिन्न नौवटा क्लबका खेलाडीको सहभागिता छ । खेलाडीको दक्षता, सीप र क्षमता अभिवृद्धि गरी उत्कृष्ट खेलाडी उत्पादन गर्ने ध्येयसाथ प्रतियोगिता हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?