एकीकृत सामाजिक सुरक्षा कोषको अवधारणा लागू गरिने
सारांश
- १९ वैशाख, काठमाडौं ।
- सरकारले सामाजिक सुरक्षामा एकीकृत अवधारणालाई थप सुदृढ गर्ने घोषणा गरेको छ ।
- राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवको नीति तथा कायक्रम संसदको संयुक्त बैठकमा पेश गर्दै यस्तो बताए ।

१९ वैशाख, काठमाडौं ।
सरकारले सामाजिक सुरक्षामा एकीकृत अवधारणालाई थप सुदृढ गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवको नीति तथा कायक्रम संसदको संयुक्त बैठकमा पेश गर्दै यस्तो बताए ।

उनले कर्मचारी संचयकोष, नागरिक लगानीकोष लगायत निकायबाट सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमबीच समन्वय गर्ने घोषणा गरे । सामाजिक सुरक्षा कोष सुदृढिकरण रणनीति कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । बीमा सेवालाई भरपर्दो र सुदृढ बनाउने घोषणा समेत सरकारले गरेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया