यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३, २०८२
|
|
३ पटक हेरिएको
Shares
यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

सारांश

  • ३ वैशाख, काठमाडौं।
  • नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ ।
  • बुधबार भएको खेलमा नेपालले हङकङलाई सहजै ९ विकेटले हराएको हो ।

३ वैशाख, काठमाडौं।

नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले हङकङलाई सहजै ९ विकेटले हराएको हो । तल्लो मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेट मात्र गुमाएर पूरा गर्‍यो । ओपनर साहिल पटेल ४२ तथा कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे । त्यसअघि निरज यादवले २३ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको हो । शिव माथुरले सर्वाधिक ६३ रन बनाए । आर्या पन्जवानीले १३ तथा वीर माथुरले १२ रन बनाए ।

सुरुवाती विकेट १० रनको योगफलमै गुमाएको हङकङका लागि माथुर र पन्जवानीले डिफेन्सिभ शटहरू खेल्दै अर्धशतकीय साझेदारी बनाए । ६० रन जोड्दा दोस्रो विकेट गुमाएको हङकङले त्यसपछि निरन्तर विकेट गुमाइरहँदा सामान्य योगफलमै चित्त बुझायो । नेपालका युवराज खत्रीले १० ओभरमा १८ रन मात्र दिएर ४ विकेट लिए । बिपिन प्रसाद शर्माले ६.२ ओभरमा २४ रन दिएर ३ विकेट लिए । सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट लिए ।

नेपालले यसअघि यूएई र ओमानलाई हराएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार अफगानिस्तानसँग खेल्ने छ । नेपालजस्तै अपराजित अफगानिस्तानले आज माथिल्लो मुलपानीमा यूएईसँग खेल्दै छ र पहिले ब्याटिङ गरेर ३५९ रनको विशाल योगफल खडा गरेको छ । आज अफगानिस्तानले यूएईलाई हराएमा नेपाल र अफगानिस्तानबीच शनिबार हुने खेल निर्णायक हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट
प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट
सगरमाथा संवादमा १७५ विदेशी प्रतिनिधिले सम्बोधन गर्ने
सगरमाथा संवादमा १७५ विदेशी प्रतिनिधिले सम्बोधन गर्ने
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन
तीनकुने घटनामा संलग्न दिनेश महतोसहित ६ जनाले हिरासतबाटै १२ को परीक्षा दिँदै
तीनकुने घटनामा संलग्न दिनेश महतोसहित ६ जनाले हिरासतबाटै १२ को परीक्षा दिँदै
सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास
सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास
प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप
प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
यात्रुको चिन्ता : कति दिनमा घर पुगिन्छ‚ ठेगान छैन
यात्रुको चिन्ता : कति दिनमा घर पुगिन्छ‚ ठेगान छैन
पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, एकजना पक्राउ
पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, एकजना पक्राउ
रौतहटमा भिषण आगलागी : २५ घर जलेर नष्ट, लाखौंको क्षति
रौतहटमा भिषण आगलागी : २५ घर जलेर नष्ट, लाखौंको क्षति