नेपाल नेशनल अस्पताललाई काठमाडौं महानगरले तिरायो १ लाख जरिवाना

Raju Yadav Raju Yadav
|
शनिबार, चैत्र ३०, २०८१
|
|
२ पटक हेरिएको
Shares
नेपाल नेशनल अस्पताललाई काठमाडौं महानगरले तिरायो १ लाख जरिवाना

सारांश

  •   काठमाडौं- काठमाडौँको कलंकीमा सञ्चालित नेपाल नेशनल हस्पिटलले जोखिमपूर्ण फोहर व्यवस्थापनमा लापरबाही गरेपछि १ लाख रुपैयाँ जरिवाना गराइएको छ।
  • काठमाडौँ महानगरपालिकाले पटक पटक अनुगमन गरेर सुधारको मौका दिँदा पनि अस्पतालजन्य फोहर व्यवस्थापनमा जिम्मेवार देखिएको भन्दै उक्त जरिवाना तिराएको महानगरले जनाएको हो।
  •  अस्पतालको फोहरले असर गरेको स्थानीयको उजुरीपछि चैत २० गते अनुगमन गरिएको थियो।

 

काठमाडौं- काठमाडौँको कलंकीमा सञ्चालित नेपाल नेशनल हस्पिटलले जोखिमपूर्ण फोहर व्यवस्थापनमा लापरबाही गरेपछि १ लाख रुपैयाँ जरिवाना गराइएको छ। काठमाडौँ महानगरपालिकाले पटक पटक अनुगमन गरेर सुधारको मौका दिँदा पनि अस्पतालजन्य फोहर व्यवस्थापनमा जिम्मेवार देखिएको भन्दै उक्त जरिवाना तिराएको महानगरले जनाएको हो। अस्पतालको फोहरले असर गरेको स्थानीयको उजुरीपछि चैत २० गते अनुगमन गरिएको थियो। यसपछि जरिवानाको पत्र पठाइएको थियो।

महानगरपालिकाले जरिवानाको पत्र पठाएपछि अस्पतालले चैत २९ गते शुक्रबार महानगरपालिकाको राजस्व खातामा जरिवाना रकम दाखिला गरेको हो।  ‘एक पटक होइन। दुई पटक होइन। पटक पटक गएर सुधारको मौका दियौँ। जति भने पनि हस्पिटलले सुधार गरेन।’ महानगरपालिकाका वातावरण निरीक्षक सृष्टि श्रेष्ठ भन्छिन्, ‘सुधारको अवसर उपयोग नगरेपछि काठमाडौँ महानगरपालिकाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ को (ट) र (ठ) बमोजिम जरिवाना गरेका हौँ।’ यस दफाबमोजिम रासायनिक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला, जोखिमपूर्ण फोहरमैला वा हानीकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ।  यही कसुर दोहोर्‍याएमा पहिलो पटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ।

अस्पतालबाट उत्पादन भएको फोहर राख्न भवनको पछाडिपट्टि जस्ताले बारेको टहरा छ। टहरामा ४ वटा कोठा छन्। गएको वर्ष अनुगमन गर्दा यहाँ राखिएको अटोक्लेभ मेसिन बिग्रिएको अस्पतालले जानकारी दिएको थियो। त्यस बेला २०८० फागुनमा जोखिमपूर्ण फोहर निर्मलीकरण गरेर व्यवस्थापन गर्न अस्पतालले प्रतिबद्धता जनायो। त्यसै वर्ष चैत १० गते अनुगमन भयो। त्यस बेला अघिल्लो पटकको अवस्थामा सुधार देखिएन। अस्पतालले प्रतिबद्धता दोहोर्‍यो। अनुगमन टोली सुधारको मौका दिएर फर्कियो। त्यसै महिनाको १६ गतेदेखि महानगरपालिकाले सञ्चालन गरेको अस्पतालजन्य फोहरमैला व्यवस्थापन तालिममा अस्पतालबाट एक जना व्यवस्थापक र एक जना फोहर व्यवस्थापनका फोकल पर्सनले सहभागिता जनाउनुभयो। त्यस तालिममा फोहर संकलनमा रोक लगाइएका २० वटा अस्पतालबाट सहभागी व्यवस्थापक र फोकल पर्सनलाई सहभागी गराइएको थियो।

 

यो वर्षको भदौ १० गते टोलीले फेरि अनुगमन गर्‍यो। यसबेला, गएको वर्ष बिग्रिएको अटोक्लेभ मेसिन सञ्चालन गर्नुको सट्टा फोहरको पोकोले पुरिएको थियो। अस्पतालले पुनः सुधारको मौका माग्यो। अनुगमन टोली मौका दिएर फर्कियो। यसपछि २०८१ चैत २० गते गरिएको अनुगमनका क्रममा अवस्थामा सुधार नदेखिएपछि हस्पिटललाई १ लाख रुपैयाँ जरिवाना गरिएको हो। फोहरलाई स्रोतमा वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहरको संकलन कक्षसम्म सुरक्षित ढुवानी नहुनु, ढुवानी गरेर भण्डारण कक्षमा लगेपछि मात्र जोखिमयुक्त फोहर वर्गीकरण गर्न थाल्नु, जोखिमयुक्त फोहर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, प्रकृतिअनुसार भण्डारण उपयुक्त नहुनु, निर्मलीकरणका साधन तथा उपकरण नहुनु, भएकाहरूको पनि उचित प्रयोग नहुनु हस्पिटलका लापरबाही हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा, विराटनगरले दोस्रो क्वालिफायर खेल्नुपर्ने
सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा, विराटनगरले दोस्रो क्वालिफायर खेल्नुपर्ने
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
बागमती पुलको बिम चर्किएपछि मर्मत थालियो
बागमती पुलको बिम चर्किएपछि मर्मत थालियो
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा स्वाधीन संयुक्त सरकार गठनको प्रस्ताव
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा स्वाधीन संयुक्त सरकार गठनको प्रस्ताव
पूर्वराजालाई स्वागत गर्दै समर्थकले लगाए प्रधानमन्त्रीविरुद्ध नारा
पूर्वराजालाई स्वागत गर्दै समर्थकले लगाए प्रधानमन्त्रीविरुद्ध नारा
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरु
उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरु
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय
स्वास्थ्य बिमा बोर्डमा जम्मा रकम एक अर्ब, तिर्न बाँकी १६ अर्ब ४५ करोड
स्वास्थ्य बिमा बोर्डमा जम्मा रकम एक अर्ब, तिर्न बाँकी १६ अर्ब ४५ करोड
कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै
कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै