दाउन्ने सडक १६ घण्टादेखि अवरुद्ध, हजारौं यात्रु अलपत्र

Raju Yadav Raju Yadav
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
२ पटक हेरिएको
Shares
दाउन्ने सडक १६ घण्टादेखि अवरुद्ध, हजारौं यात्रु अलपत्र

सारांश

  •   २९ चैत, नवलपरासी ।
  • दाउन्नेको सडकमा हिलोमा फसेका सवारी साधन निकाल्न नसक्दा १६ घण्टादेखि सवारी आवागमन अवरुद्ध भएको छ ।
  • इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजनप्रसाद तिमिल्सिनाका अनुसार दाउन्नेको विश्वकर्मा मन्दिर नजिक हिलोमा फसेका गाडी निकाल्न नसक्दा बिहीबार साँझदेखि राजमार्ग अवरुद्ध छ ।

२९ चैत, नवलपरासी 

दाउन्नेको सडकमा हिलोमा फसेका सवारी साधन निकाल्न नसक्दा १६ घण्टादेखि सवारी आवागमन अवरुद्ध भएको छ ।इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजनप्रसाद तिमिल्सिनाका अनुसार दाउन्नेको विश्वकर्मा मन्दिर नजिक हिलोमा फसेका गाडी निकाल्न नसक्दा बिहीबार साँझदेखि राजमार्ग अवरुद्ध छ ।

‘राजमार्ग खुलाउने प्रयास जारी छ,’ उनले भने, ‘हिलोमा फसेका गाडी बांगिएर (चिप्लिएका कारण) राजमार्ग अवरुद्ध भएको हो । म यहीँ छु । हिलोमा फसेका कारण गाडि निकाल्नै सकिएन ।’राजमार्गमा ग्राभेल र बालुवा हाल्दै गाडि हिँडाउने प्रयत्न जारी रहेको उनले सुनाए ।बिहीबार दाउन्ने क्षेत्रमा परेको सामान्य वर्षाले राजमार्ग हिलाम्य भएको छ । राजमार्ग निर्माणको जिम्मेवारी पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन (चिनियाँ ठेकेदार कम्पनी)ले राजमार्गमा ग्राभेल नहालेका कारण दाउन्ने राजमार्गको १४ किलोमिटर खण्डमा समस्या भएको हो ।राजमार्ग बिस्तार गर्न भनेर पिच भत्काएको ४ वर्षसम्म दाउन्नेमा ग्राभेल पनि नगरेका कारण धुलोले हैरान छ ।

दुम्कीबास बर्दघाट खण्डमा पर्ने १४ किलोमिटर पहाडी सडक खण्डमा ३ फिट माथिसम्म धुलैधुलो छ । बिहीबार परेको सामान्य वर्षाले त्यो धुलो हिलोमा परिणत भएपछि गाडी चिप्लिएर राजमार्ग खुलाउन नसकिएको हो । ‘आज बिहान पौने ५ बजेदेखि दुम्कीबास नजिकको होंसी सिमेन्टको गेटमा अलपत्र परेका छौं लामो जाम छ,’ कान्तिपुर भरतपुर कार्यालयबाट पत्रिका लिएर भैरहवा जाँदै गरेका गाडी चालक रामबहादुर चौधरीले भने, ‘यहाँ हजारौं यात्रु अलपत्र छन् ।’ जिल्ला प्रहरी प्रमुख यादव ढकालले राजमार्ग मर्मत गर्न ठेकेदारसँग कुरा भएको र राजमार्ग खुलाउन दाउन्नेमै ३ दर्जन प्रहरी परिचालन गरिएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाँकेको बाल सुधारगृहमा झडप
बाँकेको बाल सुधारगृहमा झडप
सामाजिक सञ्जाल बन्दविरुद्ध आज माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता
सामाजिक सञ्जाल बन्दविरुद्ध आज माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश
अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरण : श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको कागजात अदालतमा पेश
जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह
जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह
राष्ट्रिय सभामा पानीजहाज र विधि विज्ञान प्रयोगशाला विधेयक पेस
राष्ट्रिय सभामा पानीजहाज र विधि विज्ञान प्रयोगशाला विधेयक पेस
भन्सार छलीको मोटरसाइकलसहित एकजना पक्राउ
भन्सार छलीको मोटरसाइकलसहित एकजना पक्राउ
आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
मनसुनका बेला मधेश प्रदेश सुक्खाग्रस्त घोषणा
मनसुनका बेला मधेश प्रदेश सुक्खाग्रस्त घोषणा
लुक्लाबाट रामेछाप उडेको जहाज काठमाडौंमा आकस्मिक अवतरण
लुक्लाबाट रामेछाप उडेको जहाज काठमाडौंमा आकस्मिक अवतरण
नेपाल-भारतबीच चार बुँदे सहमतिमा हस्ताक्षर
नेपाल-भारतबीच चार बुँदे सहमतिमा हस्ताक्षर