गाडी मर्मत गर्ने क्रममा किचिएर मजदुरको मृ*त्यु
सारांश
- २८ चैत, म्याग्दी — धवलागिरी गाउँपालिका-७ उत्तिसेमा सडक छेउमा पार्किङ गरेको बोलेरो जिप मर्मत गर्ने क्रममा किचिएर एक जना मजदुरको मृत्यु भएको छ ।
- धवलागिरीको ताकम–मुना ग्रामीण सडकमा चल्ने ग १ ज ७०४९ नम्बरको जिप मर्मत गर्ने क्रममा दिउँसो अन्दाजी २ बजे गाडी पछि सरेर किच्दा सोही वडा ३ मुनाका २६ वर्षीय रोहित शेरपुञ्जाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
- ताकमबाट मुनातर्फ जाँदै गरेको जिप बिग्रेको थियो ।

२८ चैत, म्याग्दी —
धवलागिरी गाउँपालिका-७ उत्तिसेमा सडक छेउमा पार्किङ गरेको बोलेरो जिप मर्मत गर्ने क्रममा किचिएर एक जना मजदुरको मृत्यु भएको छ । धवलागिरीको ताकम–मुना ग्रामीण सडकमा चल्ने ग १ ज ७०४९ नम्बरको जिप मर्मत गर्ने क्रममा दिउँसो अन्दाजी २ बजे

गाडी पछि सरेर किच्दा सोही वडा ३ मुनाका २६ वर्षीय रोहित शेरपुञ्जाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ताकमबाट मुनातर्फ जाँदै गरेको जिप बिग्रेको थियो ।पछिल्लो एउटा टायर खोली काम गर्ने क्रममा एक्कासि जिप पछि सर्दा शेरपञ्जालाई किचेको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया