ट्रम्पले ९० दिनका लागि रोके पारस्परिक भन्सार शुल्क, ५ कारणले एक हप्तामै उल्टियो निर्णय

Raju Yadav Raju Yadav
|
बिहिबार, चैत्र २८, २०८१
|
|
२ पटक हेरिएको
Shares
ट्रम्पले ९० दिनका लागि रोके पारस्परिक भन्सार शुल्क, ५ कारणले एक हप्तामै उल्टियो निर्णय

सारांश

  •   २८ चैत, काठमाडौं ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेका छन् ।
  • उनले नयाँ व्यापार वार्ताको अवसर प्रदान गर्न एक हप्ताअघि गरेको निर्णय उल्ट्याउनु परेको बताएका छन् ।

 

२८ चैत, काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमाथि लगाइएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि रोकेका छन् । उनले नयाँ व्यापार वार्ताको अवसर प्रदान गर्न एक हप्ताअघि गरेको निर्णय उल्ट्याउनु परेको बताएका छन् । तर उनले चीनलाई भने यो छूटमा समावेश गरेका छैनन्, बरु चीनमाथि लगाइएको भन्सार शुल्क १०४ प्रतिशत बाट बढाएर १२५ प्रतिशत पुर्‍याएका छन्। ट्रम्पले यो निर्णय चीनले अमेरिकामाथि लगाएको ८४ प्रतिशत जवाफी भन्सार शुल्कपछि लिएका हुन्।

ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्, ‘चीनले विश्व बजारप्रति आदर देखाएको छैन, त्यसैले म चीनमाथिको भन्सार शुल्क बढाएर १२५ प्रतिशत कायम गर्दैछु। यो निर्णय तत्काल लागू हुनेछ। चीनले अब अमेरिका र अन्य देशहरूलाई लुट्ने दिनहरू सकिएका छन् भनेर बुझ्नेछ भन्ने आशा छ।’ अमेरिकासँग वार्ता गर्नेलाई १० प्रतिशत मात्रै ट्रम्पले अमेरिकासँग संवाद गर्ने देशलाई कर घटाउने संकेत गरेका छन् । ‘७५ भन्दा बढी देशहरूले अमेरिकासँग सम्पर्क गरेका छन् र मेरा सशक्त सुझावमा अमेरिका विरुद्ध कुनै जवाफी कदम चालेका छैनन्। त्यसैले मैले ९० दिनका लागि भन्सार कर रोक्ने निर्णय गरेको हुँ। यसले नयाँ व्यापार सम्झौताहरू गर्न समय दिनेछ,’ उनले भने । अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले पनि यस्तै तर्क अगाडि सारेका छन् । उनले भने, ‘जुन देशहरू अमेरिकासँग वार्ता गर्न इच्छुक छन्, उनीहरूमाथि भन्सार शुल्क १० प्रतिशत मात्र लाग्नेछ — जसमा क्यानडा र मेक्सिको पनि पर्छन्।’ भन्सार शुल्क रोक्नुका ५ कारण भन्सार शुल्कका कारण विश्व बजारमा १० लाख करोड डलरको गिरावट आएको थियो। तर निर्णय उल्टिएपछि अमेरिकी सेयर बजारको मूल्य ३.१ लाख करोड डलरले बढेको छ।

ट्रम्पनिकट धेरै सल्लाहकार र इलोन मस्कले पनि भन्सार शुल्क रोक्न सल्लाह दिएका थिए। रिपब्लिकन पार्टीका नेताहरू — मिच म्याककोनल, र्‍यान्ड पउल, सुसन कोलिन्स, लिसा मर्कोभस्कीले भन्सार शुल्कलाई ‘असंवैधानिक, अर्थतन्त्रविरोधी र कूटनीतिक रूपमा खतरनाक’ भनेका थिए। भन्सार शुल्क वृद्धिले अमेरिकी बन्डहरूमा अप्रत्याशित बिक्री सुरु भएको थियो। क्रूडको मूल्यमा भारी गिरावट आएको थियो। कोरोना कालको जस्तो अवस्था आउन थालेको थियो। वाल स्ट्रिटका बैंकहरूले भन्सार शुल्कका कारण मूल्यवृद्धि, बेरोजगारी र आर्थिक मन्दी अमेरिका भित्रिने चेतावनी दिएका थिए । ट्रम्पले भन्सार शुल्क रोकिने घोषणा गर्नु भन्दा ४ घण्टा अघिनै ट्रुथ सोशलमा लेखेका थिए, ‘यो किनमेल गर्ने उत्कृष्ट समय हो।’ त्यसपछि भन्सार शुल्क रोक्ने निर्णय आएपछि बजारमा व्यापक सुधार आयो। सञ्चार माध्यमहरूका अनुसार डाउ जोन्स २,६०० अंक (७.१ प्रतिशत) माथि उकालो लाग्यो भने एसएन्डपी ५०० मा ९.५ प्रतिशतले वृद्धि भयो । नास्डाक १,५३६ अंक (१०.३ प्रतिशत)ले उकालो लाग्यो । यो सन् २००८ को मन्दीपछि सबैभन्दा ठूलो वृद्धि हो ।

टेस्लाको सेयरमा सबैभन्दा बढी २०.०१ प्रतिशत वृद्धि भयो। बिटकोइन पनि ६ प्रतिशतले बढ्यो। एक दिन अघि भन्सार शुल्क युद्धले बजारमा ४ प्रतिशतसम्मको गिरावट ल्याएको थियो। चीनमाथि भन्सार शुल्क किन बढाइयो ? अमेरिका चीनबाट ४४० अर्ब डलरको आयात गर्छ। यसमा १२४ प्रतिशत भन्सार शुल्क लगाइएको छ। यसले गर्दा अमेरिकी कम्पनीहरूले वैकल्पिक आपूर्तिकर्ता खोज्नुपर्ने बाध्यता आएको थियो। त्यसैले बाँकी देशमाथिको भन्सार शुल्क रोक्नु आवश्यक थियो। अमेरिकी अर्थमन्त्री स्कट बेसन्टका अनुसार ट्रम्पले ती देशहरूलाई पुरस्कारस्वरूप भन्सार शुल्क हटाएका हुन्, जसले अमेरिकाविरुद्ध मोर्चाबन्दी गरेनन्। तर चीनले बुधबार अमेरिकामाथि भन्सार शुल्क ३४ प्रतिशतबाट बढाएर ८४ प्रतिशत गर्‍यो, त्यसैले ट्रम्पले जवाफमा चीनमाथि भन्सार शुल्क १०४ प्रतिशत बाट १२५ प्रतिशत पुर्‍याएका हुन्। ईयूसँग अझै अस्पष्ट ईयूका २७ सदस्य राष्ट्रहरूले बुधबार २३ अर्ब डलरको अमेरिकी सामानमाथि भन्सार शुल्क प्रस्ताव पास गरेका थिए। तर युरोपमाथि कति भन्सार शुल्क लाग्ने भन्ने विषयमा ट्रम्प प्रशासनले स्पष्ट पारेको छैन । ट्रम्प प्रशासनले ९० दिन भन्सार शुल्क वृद्धि रोक्नु उनीहरूको रणनीतिक काम हो। ट्रम्पले ७५ देशहरूले उनीसँग सम्झौताको आग्रह गरेका दाबी गरेका छन् । उनले अबको समय यी देशहरूसँग बार्गेनिङ गर्न प्रयोग गरिने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनको रत्ननगरमा एक बालकको श*व फेला
चितवनको रत्ननगरमा एक बालकको श*व फेला
यातायात व्यवस्था कार्यालय कलैयाको टोलिद्वारा छड्के चेकजाँच, केहि सवारी साधन कार्वाही 
यातायात व्यवस्था कार्यालय कलैयाको टोलिद्वारा छड्के चेकजाँच, केहि सवारी साधन कार्वाही 
आज कति पुग्यो सुन चाँदीको मूल्य ?
आज कति पुग्यो सुन चाँदीको मूल्य ?
फेसबुकसहित २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न दूरसञ्‍चार प्राधिकरणको निर्देशन
फेसबुकसहित २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न दूरसञ्‍चार प्राधिकरणको निर्देशन
अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्नः डेपुटी गभर्नर ढुंगाना
अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्नः डेपुटी गभर्नर ढुंगाना
वीरगन्जमा शुक्रबार ‘गहवामाई रथयात्रा’ निकालिँदै, सुरक्षाकर्मी ‘हाइ अलर्ट’मा
वीरगन्जमा शुक्रबार ‘गहवामाई रथयात्रा’ निकालिँदै, सुरक्षाकर्मी ‘हाइ अलर्ट’मा
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न सरकार पछि हट्दैन : प्रधानमन्त्री
भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न सरकार पछि हट्दैन : प्रधानमन्त्री
दैलेख केन्द्रविन्दु भएर भूकम्प
दैलेख केन्द्रविन्दु भएर भूकम्प
आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर कोइराला
आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर कोइराला