चैते दसैँमा बागलुङ कालिकामा ४२ लाख भेटी संकलन

Raju Yadav Raju Yadav
|
मंगलबार, चैत्र २६, २०८१
|
|
१ पटक हेरिएको
Shares
चैते दसैँमा बागलुङ कालिकामा ४२ लाख भेटी संकलन

सारांश

  •   २६ चैत, काठमाडौं ।
  • चैते दसैँको दुर्गा सुरु भएपछि बागलुङ कालिका मन्दिरमा ४२ लाखभन्दा बढी भेटी संकलन भएको छ।
  • बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार नवरात्रको अवधिभर ४२ लाख ६३ हजार एक सय ५५ रुपैयाँ भेटी संकलन भएको छ।

२६ चैत, काठमाडौं ।

चैते दसैँको दुर्गा सुरु भएपछि बागलुङ कालिका मन्दिरमा ४२ लाखभन्दा बढी भेटी संकलन भएको छ। बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार नवरात्रको अवधिभर ४२ लाख ६३ हजार एक सय ५५ रुपैयाँ भेटी संकलन भएको छ। गण्डकी प्रदेशकै प्रसिद्ध ऐतिहासिक शक्तिपिठ बागलुङ कालिका मन्दिरमा चैते दसैँको अवसरमा आएका झण्डै ७ लाख दर्शनार्थीहरूले उक्त रकम भेटी स्वरुप चढाएका हुन्।

अध्यक्ष खड्काका अनुसार नवरात्रको पहिलो दिन चैत १७ गते तीन लाख ४९ हजार ८ सय ६ रुपैयाँ भेटी संकलन भएको छ। दोस्रो दिन दुई लाख ३१ हजार चार सय ७०, तेस्रो दिन ५ लाख २० हजार एक सय ६५, चौथो दिन दुई लाख ८१ हजार ७ सय ५९ रुपैयाँ भेटी संकलन भएको छ। पाँचौं दिन चार लाख ८२ हजार तीन सय ३५, छैठौं दिन ५ लाख ६८ हजार ७५० रुपैयाँ संकलन भएको छ। मन्दिरमा सबैभन्दा धेरै भेटी महाअष्टमीको दिन चैत २३ गते ११ लाख ८१ हजार ५ सय ९० संलकन भएको अध्यक्ष खड्काले बताए। ‘अष्टमीको दिनमा अहिलेसम्मकै धेरै भेटी संकलन भएको छ, विगतका वर्षहरूको तुलनामा पनि यो वर्ष धेरै संकलन भएको छ,’ उनले भने, ‘अष्टमीमा एकै दिन तीन लाख दर्शनार्थीले कालिका मन्दिरको दर्शन गर्नुभएको छ।’ चैत २४ गते चार लाख ११ हजार ५ सय १० र २५ गते दुई लाख ३५ हजार ७ सय ७० रुपैयाँ संकलन भएको छ।

बागलुङ कालिका मन्दिरमा शनिबार र मंगलबार विशेष पूजा हुन्छ। चैते दसैँ र बडा दसैँको नवदुर्गामा बली चढाउने र दर्शन गर्न आउनेहरूको ठूलो भीड लाग्छ। बडा दसैँमा भाकलको बलि चढाउनेहरू र चैते दसैँमा मेला भर्न तथा मन्दिर दर्शनका लागि आउनेको संख्या बढी हुने गरेको खड्काको अनुभव छ। गण्डकी प्रदेशकै ऐतिहासिक प्रसिद्ध शक्तिपिठ भएकाले यहाँ पूजाअर्चना गर्नाले मनोकामना पूरा हुने विश्वासका साथ दर्शनार्थीहरू आउँछन्। चैते दसैँमा विशेष मेला लाग्ने भएका कारण पनि यो समयमा यहाँ आउनेहरूको संख्या हरेक वर्ष बढ्दै गएको पाइन्छ। बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजना चैते दसैँ मेला चैत २० बाट सुरु भएर सोमबार मात्रै समापन भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री कँडेलले लिए पद तथा गोपनीयताको शपथ
मुख्यमन्त्री कँडेलले लिए पद तथा गोपनीयताको शपथ
पृथ्वीनारायण शाहको दिव्योपदेश राष्ट्रिय एकता प्रवद्र्धनमा मार्गदर्शन बन्न सक्छ: राष्ट्रपति
पृथ्वीनारायण शाहको दिव्योपदेश राष्ट्रिय एकता प्रवद्र्धनमा मार्गदर्शन बन्न सक्छ: राष्ट्रपति
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ
धरानबाट दुई हजार १३० केजी गाँजासहित ट्रक बरामद
धरानबाट दुई हजार १३० केजी गाँजासहित ट्रक बरामद
आलेखः सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
आलेखः सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
प्रधानमन्त्री कार्कीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन
प्रधानमन्त्री कार्कीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन
विपद्‍बाट तीन महिनामा ९३ जनाको मृ*त्यु, २२ बेपत्ता
विपद्‍बाट तीन महिनामा ९३ जनाको मृ*त्यु, २२ बेपत्ता
६५ लाख नगदसहित पलेशालाई सरकारले गर्‍यो सम्मान
६५ लाख नगदसहित पलेशालाई सरकारले गर्‍यो सम्मान
ढकमक्क फुलेका गुलमोहरले पर्यटकलाई लोभ्यायो
ढकमक्क फुलेका गुलमोहरले पर्यटकलाई लोभ्यायो
बैतडीमा शिशुको मृत्युपछि क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध
बैतडीमा शिशुको मृत्युपछि क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध