राप्रपा प्रदर्शन : सीसी क्यामेरा र ड्रोनबाट निगरानी, २ हजार प्रहरी परिचालन तयारी

Raju Yadav Raju Yadav
|
सोमबार, चैत्र २५, २०८१
|
|
३ पटक हेरिएको
Shares
राप्रपा प्रदर्शन : सीसी क्यामेरा र ड्रोनबाट निगरानी, २ हजार प्रहरी परिचालन तयारी

सारांश

  •   २५ चैत, काठमाडौं ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खुमा सभा गर्दैछ ।
  • संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंमा जुलुससहित सभा गर्न लागेको हो ।

 

२५ चैत, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खुमा सभा गर्दैछ । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंमा जुलुससहित सभा गर्न लागेको हो । उपत्यका बाहिरका जिल्लाहरूबाट समेत ठूलो संख्यामा मान्छे सभामा उपस्थित हुने दाबी राप्रपाले गरेको छ

राप्रपाको भोलि मंगलबारको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् । राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् । सोही अनुसार सुरक्षा रणनीति बनाएर परिचालन गरिने बताइएको छ । जिल्ला सुरक्षा समितिको सुरक्षा विश्लेषणपछि राप्रपाले माग गरेको भृकुटीमण्डपमा नभई बल्खु क्षेत्रमा प्रदर्शन तथा सभाका लागि ठाउँ दिइएको छ । बल्खुको सभाका लागि भने २ हजार प्रहरी परिचालन गरिने बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले २ हजारको हाराहारीमा प्रहरी परिचालन हुने दाबी गरे ।

सादा पोशाकदेखि बर्दीका प्रहरी गरेर २ हजार खटिने उनको भनाइ छ । त्यसैगरी सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेले भने आवश्यकताअनुसार सुरक्षाकर्मी खटाउने बताएका छन् । ‘अहिले नै संख्या नभनौं, आश्वयकताअनुसार प्रहरी टोली परिचालन हुन्छ,’ उनले भने । यसका साथै सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट प्रदर्शनको निगरानी गरिने प्रहरीले जनाएको छ । उच्छृङ्‍खल गतिविधि गर्नेहरूलाई विशेष निगरानी राख्दै कारबाहीको प्रक्रिया समेत अघि बढाइने दाबी प्रहरीले गरेको छ । १५ चैतमा राजावादीको तर्फबाट दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो । जसमा कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजगको मृत्यु भएको थियो । यता प्रहरीले अनाश्यक दमन गरेको भन्दै त्यसको आलोचना समेत भइरहेकै छ । तीनकुने घटनाबाट झस्केको प्रहरीले अहिले भने सुरक्षा रणनीतिबारे केही बताउन चाहेको छैन । तीनकुनेजस्तो बल्खु क्षेत्र संवेदनशील नभएको र तीनकुनेको जस्तो उच्छृङ्‍खल गतिविधि समेत नहुने सुरक्षा विश्लेषण गरिएको छ ।

यता राप्रपाले ठूलो संख्यामा जुलुस आएर बल्खुमा सभा हुने र त्यसलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने बताइएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कार्य सम्पादन समितिको बैठक भर्खरै सम्पन्न भएको र भोलिको प्रदर्शन र सभा सफल बनाउने निर्णय भएको बताए । उनका अनुसार मंगलबार साढे ११ बजेबाट उपत्यकाका विभिन्न ठाउँहरुबाट जुलुस निस्केन बताए । अहिले नै कति ठाउँबाट निस्कने भन्ने यकिन भइनसकेको उनको भनाइ छ । मंगलबारको प्रदर्शन शान्तिपूर्ण हुने त्यसका लागि राप्रपाले समेत ठूलो संख्यामा स्वयंसेवक परिचालन गर्ने उनको भनाइ छ । उनका अनुसार कमल थापा नेतृत्वको राप्रपा नेपालले समेत भोलिको प्रदर्शनलाई समर्थन गरेको छ । जगमान गुरुङ नेतृत्वको राजतन्त्र पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति, शिव सेना नेपाललगायतले समेत मंगलबारको प्रदर्शनलाई समर्थन गरेको श्रेष्ठको भनाइ छ । बागमती प्रदेशस्तरीय सभा भएकाले बागमती प्रदेशका जिल्लाहरुबाट समेत सभामा सहभागी हुन ठूलो संख्यामा मान्छे काठमाडौं आउने दाबी उनको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनीमा जसपाका मन्त्री अहिरले दिए राजीनामा
लुम्बिनीमा जसपाका मन्त्री अहिरले दिए राजीनामा
उपयुक्त समयमा संविधान संशोधन हुन्छ, समिति बनाएर काम गर्छौ : प्रधानमन्त्री
उपयुक्त समयमा संविधान संशोधन हुन्छ, समिति बनाएर काम गर्छौ : प्रधानमन्त्री
वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ
वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ
रौतहटको गौरमा एकदिने स्वास्थ्य शिविर सम्पन्न
रौतहटको गौरमा एकदिने स्वास्थ्य शिविर सम्पन्न
महामन्त्री शर्माको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद
महामन्त्री शर्माको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद
बलदेवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय सभा बैठक
बलदेवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय सभा बैठक
सशस्त्रका सई ‘हत्या’ प्रकरण : स्कर्पियो चालकको पहिचान
सशस्त्रका सई ‘हत्या’ प्रकरण : स्कर्पियो चालकको पहिचान
एक सातामा देशभर डेंगुका कारण  ६ को मृ*त्यु, ९६ बिरामी
एक सातामा देशभर डेंगुका कारण ६ को मृ*त्यु, ९६ बिरामी
उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
संसद‍्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
संसद‍्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप