तीनकुने घटनाबारे आईजी थापाले भने- कुल समात्यौं, मुल खोज्दैछौं

Raju Yadav Raju Yadav
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
३ पटक हेरिएको
Shares
तीनकुने घटनाबारे आईजी थापाले भने- कुल समात्यौं, मुल खोज्दैछौं

सारांश

  •   २२ चैत, काठमाडौं ।
  • नेपाल प्रहरीका महानिरीक्षक (आईजी) दिपक थापाले तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्नका लागि प्रहरी परिचालन भएको जानकारी गराएका छन् ।
  • शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तीनकुने घटनाबारे ब्रिफिङ गर्दै महानिरीक्षक थापाले यस्तो बताएका हुन् ।

२२ चैत, काठमाडौं ।

नेपाल प्रहरीका महानिरीक्षक (आईजी) दिपक थापाले तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्नका लागि प्रहरी परिचालन भएको जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तीनकुने घटनाबारे ब्रिफिङ गर्दै महानिरीक्षक थापाले यस्तो बताएका हुन् ।

उनका अनुसार सो घटनामा राज्यविरुद्धको अपराधमा २० जना र आपराधिक उपद्रव अन्तर्गत ५८ जनालाई मुद्दा चलाएको बताए ।‘कुल समातियो, मुल समातिएन ?’, थापाले घटनाबारे ब्रिफिङ गर्दैगर्दा समिति सभापति रामहरि खतिवडाले प्रश्न गर्छन् । ‘मुल समात्नका लागि गृहमन्त्रीज्यूसँगको सहकार्यमा कुन कसुरमा हो भनेर हेर्दैछौं,’ थापाले भने, ‘जो मान्छे आपराधिक कार्य गर्छ उसले गिरफ्तारी दिँदैन ।’ उनले १५ गते घटना घटेको दिन आफूहरू रातभर प्रसाईंको खोजीमा लागेको बताएका छन् ।

तर, उनले स्टेप बाइ स्टेप कदम चालेर भागेको देखिएको ब्रिफिङ गरे । ‘हामीले त्यही दिन रातभरी पनि टेक्निकल्ली र म्यानुअल्ली रातभर हेर्‍यौं । स्टेप बाइ स्टेप भागेको देखिन्छ । उहाँ (दुर्गा प्रसाईं) विरुद्ध पनि जाहेरी दर्ता भएर खोजी भइरहेको छ,’ आईजी थापाले भने ।उनले प्रसाईंलाई कति दिनमा समात्न सकिन्छ भन्ने यकिन नभएको पनि बताए ।‘कति दिनमा समात्न सकिन्छ भन्ने विषयमा जुन पक्राउ हुन्छ हामी समात्छौं । ल्याएपछि कानुनी दायरामा लैजान्छौं,’ थापाले भनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीका सांसदहरूसँग प्रधानमन्त्रीले लिए क्षेत्रगत समस्याको ब्रिफिङ
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीले लिए क्षेत्रगत समस्याको ब्रिफिङ
चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृ*त्यु, २ जना घाइते
चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृ*त्यु, २ जना घाइते
बारामा मोटरसाइकल दुर्घटना: २ जनाको मृ*त्यु, ४ जनाको उपचार जारी
बारामा मोटरसाइकल दुर्घटना: २ जनाको मृ*त्यु, ४ जनाको उपचार जारी
जाँचबुझ आयोगको देउवा र प्रचण्डलाई पत्र
जाँचबुझ आयोगको देउवा र प्रचण्डलाई पत्र
प्रधानमन्त्री ओलीको राजीनामा माग्न बिहानैदेखि नयाँ बानेश्वरमा भेला भए युवा, सुरक्षा व्यवस्था कडा पारियो
प्रधानमन्त्री ओलीको राजीनामा माग्न बिहानैदेखि नयाँ बानेश्वरमा भेला भए युवा, सुरक्षा व्यवस्था कडा पारियो
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्रियसभामा मागियो भूमिमन्त्री अधिकारीको राजीनामा
राष्ट्रियसभामा मागियो भूमिमन्त्री अधिकारीको राजीनामा
रविन्द्र र धवल सम्पर्कविहीन, जिम्मा लिने तीन जनालाई जनही २५ हजार जरिवाना
रविन्द्र र धवल सम्पर्कविहीन, जिम्मा लिने तीन जनालाई जनही २५ हजार जरिवाना
रामनवमीमा सार्वजनिक बिदा
रामनवमीमा सार्वजनिक बिदा
मधेसमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु, गृहमन्त्रीले सम्बोधन गर्ने
मधेसमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु, गृहमन्त्रीले सम्बोधन गर्ने