पाकिस्तान र अफगानिस्तानमा भूकम्प धक्का

Raju Yadav Raju Yadav
|
बुधबार, चैत्र २०, २०८१
|
|
३ पटक हेरिएको
Shares
पाकिस्तान र अफगानिस्तानमा भूकम्प धक्का

सारांश

  •     २० चैत, पाकिस्तान ।
  •    (आज) बिहान पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का महसुस गरिएको छ।
  •   पाकिस्तानमा ४.

 

  २० चैत, पाकिस्तान ।  

(आज) बिहान पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का महसुस गरिएको छ।  पाकिस्तानमा ४.३ र अफगानिस्तानमा ४.७ म्याग्निच्युडका भूकम्प गएका हुन्। पाकिस्तानमा भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा १२० किलोमिटर र अफगानिस्तानमा १९३ किलोमिटर तल रहेको छ।

गत शुक्रबार थाइल्याण्ड र म्यानमारमा गएको ७.७ म्याग्निच्युडको भूकम्पले ठूलो विनाश गरेको छ। पछिल्लो जानकारी अनुसार म्यानमारमा २ हजार ७१९ जनाको मृत्यु भएको छ, ४ हजार ५२१ जना घाइते छन्।  म्यानमारमा सडक र सञ्चारको क्षति र गृहयुद्धले राहतमा कठिनाइ भएको छ। भारत र चीनसहितका देशले सहयोग पठाइरहेका छन्। थाइल्याण्डको बैंककमा २० जनाको मृत्यु भएको छ, जसमध्ये १३ जना भत्किएको भवनमा पुरिएर ज्यान गुमाएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?