मधेसवादी दलका नेताहरुको दोहोरो चरित्रका कारण मधेस उजाड : प्रभु साह

Raju Yadav Raju Yadav
|
मंगलबार, चैत्र १९, २०८१
|
|
२ पटक हेरिएको
Shares
मधेसवादी दलका नेताहरुको दोहोरो चरित्रका कारण मधेस उजाड : प्रभु साह

सारांश

  •   १९ चैत, वीरगञ्ज ।
  •   आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मधेसवादी दलका नेताहरुको दोहोरो चरित्रका कारण मधेस उजाड बन्दै गइरहेको टिप्पणी गरेका छन् ।
  • वीरगञ्जमा आजपाले आज आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष साहले मधेसवादी दलका नेताहरु सरकारमा भए पनि मधेसका लागि काम नगरेको आरोप उनले लगाए ।

 

१९ चैत, वीरगञ्ज । 

आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मधेसवादी दलका नेताहरुको दोहोरो चरित्रका कारण मधेस उजाड बन्दै गइरहेको टिप्पणी गरेका छन् । वीरगञ्जमा आजपाले आज आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष साहले मधेसवादी दलका नेताहरु सरकारमा भए पनि मधेसका लागि काम नगरेको आरोप उनले लगाए ।

‘सत्ता बाहिर हुँदा यो भएन, त्यो भएन भन्ने मधेसका ठेकेदारहरु सरकारमै भएर पनि किन मधेसका लागि काम गर्दैनन् ? संघीय सरकारदेखि मधेस प्रदेशको सरकारमा उनीहरु छँदैछन्, मधेसको विकासका लागि योजना बनाउने, कार्यान्वयन गर्नलाई कसले रोकेको छ ?’, आजपा अध्यक्ष साहले प्रश्न गरे, ‘वीरगञ्जकै तीन जना नेता संघीय सरकारमा छन्, तर उनीहरुले वीरगञ्जसहित मधेसका लागि के गरे ?’ संघीय सरकारमा सहभागी नेताहरु लुट, भ्रष्टाचार, अनियमिततामा लागेको गम्भिर आरोप लगाउँदै उनले उनीहरुबाट केही आश गर्नु बेकार रहेको टिप्पणी गरे । सरकारमा भएको बेलामा मधेसका लागि केही गर्नु भन्ने उदेश्य उनीहरुको नरहेको आरोप उनले लगाए ।

यस्तै मधेस प्रदेश सरकारले समेत मधेसका लागि केही गर्न नसकेको उनले बताए।विभिन्न बहाना बनाएर सत्तामा टाँसिरहने र सत्ताबाट हटेपछि यो भएन, त्यो भएन भन्दै यिनीहरु नाटक गर्न मात्रै जानेको उनले बताए । लुटकारी दलाल दलतन्त्रका कारण मुलुक बर्बाद भईरहेको बताउँदै आजपा अध्यक्ष साहले नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन आवश्यक भएको बताए । उनले आम जनताको शासन व्यवस्थाका लागि तेस्रो जनआन्दोलन सफल बनाउनुपर्ने बताए । लुटकारी दलतन्त्रबिरुद्ध २४ चैतमा काठमाडौंमा हुने तेस्रो जनआन्दोलनको तयारीका लागि रौतहट, बारा र पर्सामा आयोजित कार्यक्रमका लागि

मधेस झरेका साहले भ्रष्ट, लुटेरा, दलाल नेताहरुका कारण मुलुक समृद्ध नभएको बताउँदै तेस्रो जनआन्दोलनमा सहभागिताका लागि आह्वान समेत गरे । सरकार र संविधान दुबै असफल भईसकेको बताउँदै उनले वर्तमान व्यवस्थाको अन्त्य नै मुलुकमा देखिएको संकटको समाधान भएको बताए । जनताको सर्वोच्चता सहितको शासन व्यवस्था नभएसम्म मुलुक समृद्ध हुन नसकेको उनले बताए । देशको वर्तमाान राजनीतिक अवस्था अन्यौलग्रस्त, अस्तव्यस्त एंव संकटउन्मुख रहेकोले आम जनतामा राजनीतिप्रति विकर्षण, दल र नेताप्रति घृणा, राजनीतिक शक्तिहरूबीच टकराव, जनआक्रोशमार्फत तीब्र ध्रुवीकरणसहित अग्रगामी विचार, नेतृत्व एंव निकासको खोजीमा देश रहेको उनले बताए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी
मकवानपुरमा यात्रीबस दुर्घटना १६ जना घाइते, गुडिरहेको कारमा आगलागी
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन
प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए सम्पत्ति विवरण, तीन जनाको बाँकी
प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए सम्पत्ति विवरण, तीन जनाको बाँकी
ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
कालिकोटमा ३.६ म्याग्निच्युडको भूकम्प
कालिकोटमा ३.६ म्याग्निच्युडको भूकम्प
सेयर बजारमा उल्लास : १ वर्षमा २१ खर्ब २४ अर्बकाे काराेबार
सेयर बजारमा उल्लास : १ वर्षमा २१ खर्ब २४ अर्बकाे काराेबार
बाढीका कारण झापामा ५ हजार ४ सय परिवार विस्थापित, एकजनाको श*व फेला
बाढीका कारण झापामा ५ हजार ४ सय परिवार विस्थापित, एकजनाको श*व फेला
प्रशासन मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
प्रशासन मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पराजित
यू-१९ एसिया कप : पहिलो खेलमा नेपाल पराजित
कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य
कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य