पहिलो पटक एकीकृत समाजवादीको कार्यालय जाँदै प्रधानमन्त्री ओली

Raju Yadav Raju Yadav
|
सोमबार, चैत्र १८, २०८१
|
|
१ पटक हेरिएको
Shares
पहिलो पटक एकीकृत समाजवादीको कार्यालय जाँदै प्रधानमन्त्री ओली

सारांश

  •   १८ चैत,काठमाडौं– प्रधानमन्त्री केपी शर्मा प्रतिनिधिसभा बैठक सकेर आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा जाने भएका छन् ।
  • उनी माधवकुमार नेपालले २०७८ भदौमा एमाले विभाजन गरेर नयाँ दल खोलेयता पहिलो पटक समाजवादीको कार्यालयमा जान लागेका हुन् ।
  • ओली लेखक तथा वामआन्दोलनका पुराना नेता कमल कोइरालाको पार्थिक शरीरलाई श्रद्धान्जलि दिन आलोकनगर जान लागेका उनको सचिवालयले खबरहबलाई बताएको छ ।

 

१८ चैत,काठमाडौं–

प्रधानमन्त्री केपी शर्मा प्रतिनिधिसभा बैठक सकेर आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा जाने भएका छन् । उनी माधवकुमार नेपालले २०७८ भदौमा एमाले विभाजन गरेर नयाँ दल खोलेयता पहिलो पटक समाजवादीको कार्यालयमा जान लागेका हुन् ।

ओली लेखक तथा वामआन्दोलनका पुराना नेता कमल कोइरालाको पार्थिक शरीरलाई श्रद्धान्जलि दिन आलोकनगर जान लागेका उनको सचिवालयले खबरहबलाई बताएको छ । कोइराला नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार हुन् । कोइरालाको आइतबार राति उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको थियो । सचिवालयका अनुसार ओलीले आलोकनगर पुगेर गत शुक्रबार भएको आगजानी र तोडफोडको क्षतिको पनि अवलोकन गर्ने भएका छन् ।

राजावादीहरूको अराजक समूहले आन्दोलनका क्रममा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पनि प्रतिनिधि सभा बैठक सकेर प्रधानमन्त्री ओली आलोकनर पुग्न लागेको जानकारी दिइन् । ओलीले दिवंगत नेता कोइरालाको पार्थिव शरीरमा माल्यार्पण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?