मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

Raju Yadav Raju Yadav
|
आइतबार, चैत्र १७, २०८१
|
|
२ पटक हेरिएको
Shares
मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

सारांश

  •   १७ चैत, काठमाडौं ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुख रामचन्द्र भुसालसहित दुईजनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।
  • उनीहरूले पशुपक्षी खोप तथा औषधि वितरण कार्यक्रममा चार लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार (चैत १७) विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

१७ चैत, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुख रामचन्द्र भुसालसहित दुईजनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ । उनीहरूले पशुपक्षी खोप तथा औषधि वितरण कार्यक्रममा चार लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार (चैत १७) विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले बुद्ध भेट सेन्टर र त्यसका प्रोपाइटर लक्ष्मी बस्याललाई पनि अभियुक्त बनाएको छ । आर्थिक वर्ष २०७९/८० मा पशुपक्षीलाई खोप तथा औषधि वितरणनिम्ति गाउँपालिकाबाट रकम विनियोजन गरिएकामा पशु शाखामा कार्यरत कर्मचारीले कार्यक्रम सञ्चालनका बखत घुस लिएको भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो । उनीहरूले चार लाख रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । दायर मुद्दामा दुवैसँग चार/चार लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, ३० भन्दा बढी घाइते
भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, ३० भन्दा बढी घाइते
दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’ अभियान सुरु
दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’ अभियान सुरु
सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका जवान सुरज साउदको श*व भेटियो
सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका जवान सुरज साउदको श*व भेटियो
विद्याकी छोरी उषा भन्छिन्– च्यासल प्रकरणबाट अचम्मित छैन
प्रधानमन्त्रीले कां‌ग्रेसलाई बोलाए छलफलमा
प्रधानमन्त्रीले कां‌ग्रेसलाई बोलाए छलफलमा
कैलालीमा सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ
कैलालीमा सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ
एनपीएल उपाधिका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य
एनपीएल उपाधिका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य
राराबका क्याम्पस प्रमुखलाई अपरिचित व्यक्तिले दले कालोमोसो
राराबका क्याम्पस प्रमुखलाई अपरिचित व्यक्तिले दले कालोमोसो
विश्वभरिका धर्मावलम्बीहरूको संख्या सार्वजनिक, हिन्दू चौथो स्थानमा
विश्वभरिका धर्मावलम्बीहरूको संख्या सार्वजनिक, हिन्दू चौथो स्थानमा
चुनावमा भाग लिने कांग्रेसको निर्णय
चुनावमा भाग लिने कांग्रेसको निर्णय