नवलपरासीमा आल्मुनियम रड उत्पादन गर्ने उद्योग सञ्चालन

Raju Yadav Raju Yadav
|
बिहिबार, चैत्र १४, २०८१
|
|
३ पटक हेरिएको
Shares
नवलपरासीमा आल्मुनियम रड उत्पादन गर्ने उद्योग सञ्चालन

सारांश

  •   १४ चैतः नवलपरासी ।
  • बर्दघाट सुस्तापश्चिम  पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ हकुईमा आल्मुनियम रड उत्पादन उद्योग सञ्चालनमा आएको छ ।
  • लिट्मस इन्डस्ट्रिज लिमिटेडले बुधबार एक कार्यक्रम आयोजना गरी नेपालमा पहिलो पटक आल्मुनियम रड उत्पादनको औपचारिक सुरुवात गरेको हो ।

 

१४ चैतः नवलपरासी ।

बर्दघाट सुस्तापश्चिम  पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ हकुईमा आल्मुनियम रड उत्पादन उद्योग सञ्चालनमा आएको छ । लिट्मस इन्डस्ट्रिज लिमिटेडले बुधबार एक कार्यक्रम आयोजना गरी नेपालमा पहिलो पटक आल्मुनियम रड उत्पादनको औपचारिक सुरुवात गरेको हो । कार्यक्रमलाई उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वादेशी उत्पादनको प्रयोग बढाउन नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिँदै यसका लागि तीनै तहको सरकार योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

उद्योगलाई प्रभावकारी रूपमा सञ्चालन गरेमा स्थानीयस्तरमा रोजगारीका अवसर सृजना हुनुका साथै आर्थिक समृद्धि हासिल गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक पर्ने बताउँदै राउतले यसका लागि रचनात्मक र सृजनात्मक कार्यक्रममार्फत अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । स्वादेशी उत्पदानको क्षमता बढाउन विभिन्न नीतिलाई अगाडि सारिएको जनाउँदै उहाँले यो उद्योगले नेपाली बजारमा हुने आल्मुनियम आयात प्रतिस्थापन तथा न्यूनीकरण गर्दै स्वदेशी उत्पादनमा आत्मनिर्भर र समुन्नत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

हाल नेपालमा तार, केबललगायत निर्माणमा प्रयोग हुने आल्मुनियम रड आयातमार्फत आपूर्ति हुँदै आएको उद्योगका प्रबन्ध निर्देशक रोहित गुप्ताले बताउनुभयो । उहाँका अनुसार रु चार अर्बमा सञ्चालित यस उद्योगले आल्मुनियम रडको आयात परनिर्भरतालाई घटाउनुका साथै देशभित्र उच्च गुणस्तरीय रड निर्माण हुनेछ । देशभित्र आल्मुनियम रडको खपत क्षमता आठ हजार टन रहेको बताउँदै गुप्ताले यस उद्योलगे २० हजार टन उत्पदान गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । नेपालसहित भारत र तेस्रो मुलुकसम्म रड निर्यात गर्ने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?