नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड

Raju Yadav Raju Yadav
|
बिहिबार, चैत्र १४, २०८१
|
|
३ पटक हेरिएको
Shares
नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड

सारांश

  •   १४ चैत, भद्रपुर (झापा)।
  • चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा रु २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन् ।
  • काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा धेरै रु एक अर्ब ६० करोड बराबरको अप्रशोधित जुट आयात भएको छ ।

१४ चैत, भद्रपुर

(झापा)। चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा रु २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन् ।

काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा धेरै रु एक अर्ब ६० करोड बराबरको अप्रशोधित जुट आयात भएको छ । यसैगरी आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजका मालसामान छन् ।

काँकडभिट्टाबाट रु २३ करोड ६२ लाख ५८ हजारको खुदो निर्यात भएको छ । समीक्षा अवधिमा जडीबुटी, घरायसी सामग्री तथा पशुआहार पनि बङ्गलादेश निर्यात भएको छ । द्विदेशीय व्यापारमा सन्तुलन कायम हुन नसकेकामा चिन्ता व्यक्त गर्दै प्रमुख पाण्डेयले बिजुली निर्यातबाट त्यो परिपूर्ति गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई समिति सभापतिले लिए शपथ
दुई समिति सभापतिले लिए शपथ
केन्द्रीय समितिमा रमेश लेखक: प्रधानमन्त्री ओलीले मिल्दैन भन्दाभन्दै मैले गृहमन्त्रीबाट राजीनामा दिएको हुँ
केन्द्रीय समितिमा रमेश लेखक: प्रधानमन्त्री ओलीले मिल्दैन भन्दाभन्दै मैले गृहमन्त्रीबाट राजीनामा दिएको हुँ
सामाजिक सञ्जालको विकृति रोक्न ऐन संशोधन जरुरी : मन्त्री खरेल
सामाजिक सञ्जालको विकृति रोक्न ऐन संशोधन जरुरी : मन्त्री खरेल
गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय शर्माको इजलासमा
गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय शर्माको इजलासमा
कालिकोटमा ९ हजार बढी किशोरीलाई एचपीभी खोप लगाउने तयारी
कालिकोटमा ९ हजार बढी किशोरीलाई एचपीभी खोप लगाउने तयारी
​​​​​​​उर्जामन्त्रीको दाबी- सरकारले बक्यौता रकम नउठाए हुन्छ भनेकै छैन
​​​​​​​उर्जामन्त्रीको दाबी- सरकारले बक्यौता रकम नउठाए हुन्छ भनेकै छैन
र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड
र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड
स्याङ्जाको कृषक समूहले बेच्यो ८७ लाखको सुन्तला
स्याङ्जाको कृषक समूहले बेच्यो ८७ लाखको सुन्तला
ताप्लेजुङको तेम्बा बजारमा भीषण आगलागीः चार घर पूर्ण रूपमा नष्ट हुँदा करोड बढीको क्षति
ताप्लेजुङको तेम्बा बजारमा भीषण आगलागीः चार घर पूर्ण रूपमा नष्ट हुँदा करोड बढीको क्षति
नेपाल राष्ट्र बैंकले आज वित्तीय संस्थाहरुबाट २५ अर्ब तान्दै
नेपाल राष्ट्र बैंकले आज वित्तीय संस्थाहरुबाट २५ अर्ब तान्दै