कुलमान घिसिङलाई हटाएकोबारे विपक्षी दलहरूले प्रधानमन्त्रीको जबाफ माग्ने, संसद चल्न नदिने

Raju Yadav Raju Yadav
|
बुधबार, चैत्र १३, २०८१
|
|
२ पटक हेरिएको
Shares
कुलमान घिसिङलाई हटाएकोबारे विपक्षी दलहरूले प्रधानमन्त्रीको जबाफ माग्ने, संसद चल्न नदिने

सारांश

  •   १३ चैत,  सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेकोमा विरोध गर्दै विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीबाट जबाफ माग गर्ने भएका छन्।
  • बुधबार माओवादी केन्द्रको संसदीय दल कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले घिसिङलाई हटाउनुपर्नाका कारण प्रतिनिधि सभा बैठकमा माग गर्ने निर्णय गरेका हुन्।
  • ‘कुलमान घिसिङलाई हटाउनुपर्नाका कारणबारे प्रधानमन्त्रीसँग जबाफ माग गर्ने तयारी छ,’ माओवादी केन्द्रका सांसद माधव सापकोटाले भने, ‘प्रधानमन्त्रीले जबाफ नदिएसम्म संसद बैठक अघि बढ्न दिदैनौं।

 

१३ चैत,  सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेकोमा विरोध गर्दै विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीबाट जबाफ माग गर्ने भएका छन्। बुधबार माओवादी केन्द्रको संसदीय दल कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले घिसिङलाई हटाउनुपर्नाका कारण प्रतिनिधि सभा बैठकमा माग गर्ने निर्णय गरेका हुन्।

‘कुलमान घिसिङलाई हटाउनुपर्नाका कारणबारे प्रधानमन्त्रीसँग जबाफ माग गर्ने तयारी छ,’ माओवादी केन्द्रका सांसद माधव सापकोटाले भने, ‘प्रधानमन्त्रीले जबाफ नदिएसम्म संसद बैठक अघि बढ्न दिदैनौं।’ बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी), माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलगायत उपस्थित थिए।

घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीले जबाफ नदिएसम्म सदन अवरोध गरिराख्ने विपक्षी दलहरूको तयारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे जबाफ दिएपछि के-कसरी अघि बढ्ने भन्नेबारे विपक्षी दलहरूले धारणा बनाउनेछन्। सोमबारको मन्त्रिपरिषद बैठकले चार महिनामात्रै कार्यकाल बाँकी रहेका घिसिङलाई हटाउँदै उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो। शाक्यले मंगलबार नै पदवहाली गरिसकेका छन् भने घिसिङ अदालत जाने विषयमा छलफलमै छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?