झन्डै ४० घण्टापछि बल्ल नियन्त्रणमा आयो प्लाइ उद्योगको आगो

Raju Yadav Raju Yadav
|
मंगलबार, चैत्र १२, २०८१
|
|
२ पटक हेरिएको
Shares
झन्डै ४० घण्टापछि बल्ल नियन्त्रणमा आयो प्लाइ उद्योगको आगो

सारांश

  •   १२ चैत, काठमाडौँ ।
  •   दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाइ उद्योगमा लागेको आगो करिब ४० घण्टापछि नियन्त्रणमा आएको छ।
  • दाङका प्रहरी निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहाले मंगलबार दिउँसो करिब ४ बजेतिर उद्योगमा लागेको आगो नियन्त्रणमा आएको बताए।

१२ चैत, काठमाडौँ ।  दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाइ उद्योगमा लागेको आगो करिब ४० घण्टापछि नियन्त्रणमा आएको छ।दाङका प्रहरी निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहाले मंगलबार दिउँसो करिब ४ बजेतिर उद्योगमा लागेको आगो नियन्त्रणमा आएको बताए।

सोमबार बिहान करिब १ बजेदेखि लागेको आगो मंगलबार दिउँसो ४ बजेतिर नियन्त्रणमा आएको हो। ‘आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ,’ उनले भने, ‘भित्र अलि अलि धुँवा भने आइरहेको छ।’ पश्चिम नेपालकै ठूलो मानिने उक्त उद्योग ७ बिघा बढी क्षेत्रफलमा फैलिएको थियो। यसले प्रत्येक दिन एक सय टन प्लाइ उत्पादन गर्थ्यो। यहाँ झन्डै साढे चार सय जनाले रोजगारी पाएका थिए। आगो नियन्त्रणमा लिन जिल्लाका तीन वटा, कपिलवस्तु र बाँके जिल्लाबाट दुई/दुई वटा र बर्दियाबाट एउटा गरी आठ वटा दमकल प्रयोग गरिएका थिए।

दर्जन बढी पानी ट्यांकर पनि प्रयोग गरिएका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी झन्डै साढे दुई सय बढी सुरक्षाकर्मी परिचालन भएका थिए। उद्योगभित्र प्लाइ बनाउन ठूलो मात्रामा भण्डारण गरिएका कच्चा पदार्थ, अति प्रज्वलनशील केमिकल र काठका कारण आगो नियन्त्रणमा लिन समय लागेको डिएसपी शाहले बताए। अग्नी नियन्त्रणसम्बन्धी आवश्यक दक्ष जनशक्ति र उपकरण उपलब्ध नहुनाले पनि ठूलो क्षति बेहोर्नुपरेको सरोकारवालाहरू बताउँछन्। आगो नियन्त्रणमा आइसकेको हुँदा अब क्षतिको विवरण संकलन सुरू हुने डिएसपी शाहले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

NPL खेलमा अवैध विज्ञापन प्रकरणः विज्ञापन बोर्डको कारबाही, दुई एजेन्सीलाई जरिवाना
NPL खेलमा अवैध विज्ञापन प्रकरणः विज्ञापन बोर्डको कारबाही, दुई एजेन्सीलाई जरिवाना
रास्वपाले एकतर्फि रुपमा सहमति भंग गर्यो : कुलमान
रास्वपाले एकतर्फि रुपमा सहमति भंग गर्यो : कुलमान
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे
सवारी ज्यान मुद्दामा १६ वर्षदेखि फरार २ जना पक्राउ
सवारी ज्यान मुद्दामा १६ वर्षदेखि फरार २ जना पक्राउ
बीपी राजमार्ग १४ दिनपछि एकतर्फी खुल्यो
बीपी राजमार्ग १४ दिनपछि एकतर्फी खुल्यो
मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरू सार्वजनिक
मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरू सार्वजनिक
सरकारबाट हुने गलत निर्णय रोक्न रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण
सरकारबाट हुने गलत निर्णय रोक्न रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण
काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न, १८.४८ प्रतिशत बजेट खर्च
काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न, १८.४८ प्रतिशत बजेट खर्च
नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु हुँदैनः सचिव भट्टराई
नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु हुँदैनः सचिव भट्टराई
काठमाडौँमा माइक्रोबाट खसेर ३८ वर्षीया महिलाको मृत्यु, चालक पक्राउ
काठमाडौँमा माइक्रोबाट खसेर ३८ वर्षीया महिलाको मृत्यु, चालक पक्राउ