प्रधानमन्त्री ओली सुर्खेत जाँदै, प्रदेश सभालाई सम्बोधन गर्ने

Raju Yadav Raju Yadav
|
शुक्रबार, फाल्गुन २३, २०८१
|
|
२ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली सुर्खेत जाँदै, प्रदेश सभालाई सम्बोधन गर्ने

सारांश

  •   २३ फागुन, काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत जाँदै छन् ।
  • प्रधानमन्त्री ओली मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन लगायतका विभिन्न कार्यक्रममा सहभागी हुन सुर्खेत जान लागेका हुन् ।

 

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत जाँदै छन् । प्रधानमन्त्री ओली मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन लगायतका विभिन्न कार्यक्रममा सहभागी हुन सुर्खेत जान लागेका हुन् ।

उनको सचिवालयका अनुसार उनले आज बिहान ११ः३० बजे वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ ।दिउँसो दुई बजे कर्णाली प्रदेश सभामा विशेष सम्बोधन गर्ने र साढे तीन बजे मध्यपश्चिम विश्वविद्यालयको भवन उदघाटन गर्ने कार्यक्रम छ । त्यसपछि अपराह्न चार बजे रंगशाला अवलोकन गरेर प्रधानमन्त्री ओली काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?