देउवाले बोलाए शीर्ष नेताको बैठक, अध्यादेश र भातृसंस्थाको अधिवेशन मुख्य एजेण्डा

Raju Yadav Raju Yadav
|
शुक्रबार, फाल्गुन १६, २०८१
|
|
२ पटक हेरिएको
Shares
देउवाले बोलाए शीर्ष नेताको बैठक, अध्यादेश र भातृसंस्थाको अधिवेशन मुख्य एजेण्डा

सारांश

  •   १६ फागुन, काठमाडौं ।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् ।
  • शुक्रबार अपराह्न ४ बजे बैठक सभापति देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने भएको छ ।

 

१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । शुक्रबार अपराह्न ४ बजे बैठक सभापति देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने भएको छ । पदाधिकारी र पूर्वपदाधिकारीका लागि बैठकका लागि बोलाइएको छ ।बैठकमा संसदमा पेश भएका विधेयकहरुलाई छिटो प्रक्रियामा लाने विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए । बैठकका थप एजेण्डामा भ्रातृ संस्थाहरुको अधिवेशन समेत छ ।

कांग्रेसले चैत महिनाभित्र अधिवेशन गराउन सबै तदर्थ समितिमा रहेका भ्रातृ संस्थालाई निर्देशन दिएको छ । ‘संसदमा पेश भएका विधेयकलाई समयमै पारित गराउन कांग्रेसले सक्रियता लिने बारेमा छलफल हुन्छ । पार्टीको सांगठनिक सुदृढीकरण छलफलको एजेण्डा छ,’ मुख्य सचिव पौडेलले  भने, ‘भ्रातृ संस्थाको अधिवेशन समयमै गराउन छलफल हुन्छ ।’ शीर्ष नेताको बैठकमा जारी भएका अध्यादेश पारित गराउने बारेमा पनि छलफल हुने जनाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका ६ अध्यादेशलाई संसदको प्रक्रियामा लगिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?