सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौंमा प्रचण्ड

Raju Yadav Raju Yadav
|
बुधबार, फाल्गुन १४, २०८१
|
|
३ पटक हेरिएको
Shares
सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौंमा प्रचण्ड

सारांश

  •   १४ फागुन, काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गर्दैछन् ।
  • तराई-मधेश जागरण अभियान अन्तर्गत विराटनगरका रहेका प्रचण्ड सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौं आएका हुन् ।

 

१४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गर्दैछन् । तराई-मधेश जागरण अभियान अन्तर्गत विराटनगरका रहेका प्रचण्ड सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौं आएका हुन् । उनको सचिवालयका अनुसार आज (बुधबार) नै प्रचण्ड फर्किनेछन् र बिहीबार सुनसरीमा आयोजित अभियान अन्तर्गतका कार्यक्रममा सरिक हुनेछन् ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा विवाद छ । १२ माघ २०८० मा बहुमत सासंदहरूले संसदीय दलका नेताबाट खगराज भट्टलाई हटाएर मानवहादुर धामीलाई बनाएका थिए । त्यसयताको विवाद मिलेको छैन । विवाद मिलाउन खगराजलाई दलको नेता भन्दा माथिल्लो वरीयतामा राख्ने निर्णय भएता पनि विवाद मिलेको छैन । माओवादी अध्यक्ष प्रचण्डले भने खगराजलाई नै दलको नेता बनाउन आग्रह गर्दै आएका छन् ।

बुधबार पनि दलको नेताको विषयमै छलफल हुने नेताहरू बताउँछन् । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका ११ जना सासंद छन् । ५३ सदस्यीय सभामा कांग्रेस पहिलो दल हो । कांग्रेसका १८ जना सांसद छन् । त्यसपछि माओवादी र एमालेका ११/११ जना सांसद रहेका छन् । नाउपाका ७ जना सांसद छन् । एकीकृत समाजवादीका चार जना सांसद छन् । राप्रपाका एक जना सांसद छन् भने एक जना स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?