झापामा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु

Raju Yadav Raju Yadav
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
३ पटक हेरिएको
Shares
झापामा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु

सारांश

  •   १३ फागुन, झापा : झापामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।
  •   मंगलबार दिउँसो १२:५५ को समयमा हुलाकी राजमार्ग अन्तर्गत गौरीगन्ज गाउँपालिका-१ स्थित कुञ्जिबारीबाट धानगडातर्फ जाँदै गरेको बा ६५ प ८७८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक किनारको पिलरमा ठोकिँदा दुर्घटना भएको थियो।
  • दुर्घटनामा परी मोटरसाइकल चालक  शिवसताक्षी नगरपालिका-४ का १७ वर्षीय सुरज राजवंशी घाइते ‍भएका थिए।

 

१३ फागुन, झापा : झापामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।  मंगलबार दिउँसो १२:५५ को समयमा हुलाकी राजमार्ग अन्तर्गत गौरीगन्ज गाउँपालिका-१ स्थित कुञ्जिबारीबाट धानगडातर्फ जाँदै गरेको बा ६५ प ८७८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक किनारको पिलरमा ठोकिँदा दुर्घटना भएको थियो।

दुर्घटनामा परी मोटरसाइकल चालक  शिवसताक्षी नगरपालिका-४ का १७ वर्षीय सुरज राजवंशी घाइते ‍भएका थिए। शरीरको विभिन्न चोट लागेका राजवंशीको उपचारको क्रममा दमक अस्पतालमा २:१५ बज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?