आफ्नै विद्यार्थीमाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

Raju Yadav Raju Yadav
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
२ पटक हेरिएको
Shares
आफ्नै विद्यार्थीमाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

सारांश

  •   १३ फागुन,  गोरखा: छात्रामाथि यौन शोषण गरेको आरोपमा प्रहरीले गोरखाका एक शिक्षक पक्राउ गरेको छ ।
  • जाजारकोटको नलगाड नगरपालिका – ८ घर भई धार्चे गाउँपालिका- २ रुञ्चेतस्थित एक विद्यालयमा पढाउने शिक्षक कमलबहादुर बोहोरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
  • १५ वर्षीया आफ्नै छात्रामाथि विगत तीन महिनादेखि यौन शोषण गर्ने गरेको आरोपमा अभिभावकले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको डिएसपी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

 

१३ फागुन,  गोरखा: छात्रामाथि यौन शोषण गरेको आरोपमा प्रहरीले गोरखाका एक शिक्षक पक्राउ गरेको छ । जाजारकोटको नलगाड नगरपालिका – ८ घर भई धार्चे गाउँपालिका- २ रुञ्चेतस्थित एक विद्यालयमा पढाउने शिक्षक कमलबहादुर बोहोरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

१५ वर्षीया आफ्नै छात्रामाथि विगत तीन महिनादेखि यौन शोषण गर्ने गरेको आरोपमा अभिभावकले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको डिएसपी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए । पछिल्लो पटक गत माघको २८ गते नरापर्व चलिरहेका बेला बलात्कारको घटना भएको थियो । घटनालगत्तै अभिभावकले सोधपुछ गर्दा लामो समयदेखि यौन शोषण हुने गरेको खुलासा भएपछि प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरीले शिक्षक बोहोरालाई गत फागुन ७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका शिक्षकविरुद्ध सोमबार जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।..

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?