सहरी सौन्दर्य बढाउन ३३ हजार वर्गमिटरमा ढुंगा बिछ्याउँदै काठमाडौं महानगर

Raju Yadav Raju Yadav
|
शुक्रबार, फाल्गुन ९, २०८१
|
|
२ पटक हेरिएको
Shares
सहरी सौन्दर्य बढाउन ३३ हजार वर्गमिटरमा ढुंगा बिछ्याउँदै काठमाडौं महानगर

सारांश

  •   ९ फागनु, काठमाडौं ।
  • काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा ढुंगा बिछ्याउने काम गरिरहेको छ ।
  • महानगरले करिब ३३ हजार वर्गमिटर क्षेत्रफलमा ढुंगा बिछ्याउने लक्ष्य लिएर काम थालनी गरेको थियो ।

९ फागनु, काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा ढुंगा बिछ्याउने काम गरिरहेको छ । महानगरले करिब ३३ हजार वर्गमिटर क्षेत्रफलमा ढुंगा बिछ्याउने लक्ष्य लिएर काम थालनी गरेको थियो । जसमध्ये हालम्म ५ वटा योजना सम्पन्न गरी १० हजार ७२९ वर्गमिटर क्षेत्रफलमा ढुंगा बिछ्याउने काम सकिएको छ ।

महानगरको सार्वजनिक निर्माण विभागले चालु आर्थिक वर्षभित्र ३२ हजार ८५१ वर्गमिटर क्षेत्रफलमा ढुंगा बिछ्याउने लक्ष्य पूरा गर्न काम गरिरहेको जनाएको छ । सार्वजनिक खरिद प्रक्रियाबाट ७ वटा प्याकेजमा ८ वटा योजना कार्यान्वयन ल्याइएकोमा ५ वटा योजना सम्पन्न भएका विभागले जनाएको हो । विभागका प्रमुख सुरज शाक्यका अनुसार सम्पदा क्षेत्रको मौलिकता संरक्षण गर्ने, सहरी सुन्दरता अभिवृद्धि गर्ने, पैदल यात्रीको यात्रा सहज बनाउने उद्देश्यसहित सम्पदा क्षेत्र, पैदल मार्ग, भित्री सडक तथा गल्लीमा ढुंगा बिछ्याउने काम भइरहेको हो ।

महानगरका अनुसार वडानम्बर ६, ८, १२, २१, २६ र २७ गरी ६ वटा वडा र हनुमान ढोका दरबार संरक्षण क्षेत्रमा अहिले ढुंगा बिछ्याइरहेको हो । यसका लागि २९ करोड ४७ लाख ८८ हजार ८५९ रुपैयाँ लागत अनुमान गरिएको थियो । यसलाई सार्वजनिक खरिद प्रक्रियाबाट २८ करोड १४ लाख ९२ हजार ४२७ रुपैयाँमा काम सक्ने गरी निर्माण पक्षसँग सम्झौता भएको विभागले जनाएको छ । कहाँ-कहाँ छाप्यो ढुंगा ? महानगरपालिकाले हालसम्म ५ वटा योजना सम्पन्न गरेकोमा १० हजार ७२९ वर्गमिटर क्षेत्रमा ढुंगा बिछ्याइसकेको जनाएको छ ।

जसअन्तर्गत वडा नम्बर ८ को जयबागेश्वरी मार्ग सिफल सेतो ढोकादेखि जयबागेश्वरी चोकसम्मको १ हजार ४८५ वर्गमिटर मार्गको काम सकिएको महानगरले जनाएको छ । यसको लागत १ करोड २६ लाख रुपैयाँ  सार्वजनिक निर्माण विभागले जनाएको छ । यस्तै महानगरको वडा नम्बर १२ को ह्युमत खोल्सापाखा, ह्युमतदेखि लगनसम्मा १ करोड ५४ लाख रुपैयाँ खर्च गरेर  १ हजार ८२५ वर्गमिटर बाटोको क्षेत्रफलमा ढुंगा बिछ्याइ सकिएको छ ।

वडा नम्बर २१ को लगन चोकमा २ हजार ९२ वर्गमिटर क्षेत्रको काम सकिएको विभागले जनाएको छ । यसको लागत १ करोड ३६ लाख २९ हजार ७२७ रुपैयाँ हो । यस्तै वडा नम्बर २६ को कुमारीकृपा मार्गको १ हजार १७ वर्गमिटर क्षेत्र र वडा नम्बर ६ को रामहिटी मार्गमा ५२० वर्गमिटर क्षेत्रको काम सम्पन्न भएको छ । यी दुई वटा सडकलाई एउटै प्याकेजमा काम गरिएको हो । यसको लागत ४४ लाख ८७ हजार ६ सय रुपैयाँ रहेको विभागले जनाएको छ ।

महानगरले अहिलेसम्ममा ढुंगा बिछ्याउने कामका लागि ४ करोड ६२ लाख ४६ हजार ६८७ रुपैयाँ भुक्तानी गरिसकेको छ । ‘जमलदेखि असन हुँदै इन्द्रचोकसम्मको ढुंगा छाप्ने काम सकिएको छ । भोटाहिटीबाट असन हुँदै इन्द्रचोकसम्म निर्माणको काम भइरहेको छ,’ विभागका प्रमुख शाक्यले भने, ‘असनदेखि वीर अस्पताल, महाबौद्ध हुँदै चित्तधर मार्ग र हनुमानढोका दरबार क्षेत्रमा विद्युत् भूमिगत गर्ने कार्यसँग समन्वय भइरहेको छ । बिजुलीको तार भूमिगत गरेपछि ढुंगा बिछ्याउने काम सञ्चालन गरिने छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोजेको मन्त्रालय नपाएपछि मधेश सरकारबाट बाहिरिने जनमतको चेतावनी
रोजेको मन्त्रालय नपाएपछि मधेश सरकारबाट बाहिरिने जनमतको चेतावनी
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
कार्यकर्ता रिहाइको माग गर्दै माइतीघरमा राप्रपाको प्रदर्शन
कार्यकर्ता रिहाइको माग गर्दै माइतीघरमा राप्रपाको प्रदर्शन
नवनियुक्त महिला मन्त्री श्रेष्ठद्वारा राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत
नवनियुक्त महिला मन्त्री श्रेष्ठद्वारा राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत
बालेनले सप्तरीदेखि सिराहा, धनुषा हुँदै महोत्तरीसम्मको यात्रा गर्ने
बालेनले सप्तरीदेखि सिराहा, धनुषा हुँदै महोत्तरीसम्मको यात्रा गर्ने
काठमाडौँको ट्राफिक व्यवस्थापनमा कडाइ : लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने
काठमाडौँको ट्राफिक व्यवस्थापनमा कडाइ : लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने
नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी
नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी
युक्रेनी राष्ट्रपतिको गृहनगरमा भएको रुसी हमलामा १८ जनाको मृत्यु
युक्रेनी राष्ट्रपतिको गृहनगरमा भएको रुसी हमलामा १८ जनाको मृत्यु
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने?
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने?