बालेनले प्रधानमन्त्रीलाई भने, नेपाली भएर बाँच्ने आधार त दिनुस् !
सारांश
- ९ फागुन, काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।
- केही बेरअघि सामाजिक सञ्जालमा लेखेर उनले विश्वजगतमा नेपाल र नेपालीको पहिचान धुमिल हुन लागेको भन्दै स्वाभिमानपूर्वक बाँच्न दिन आग्रह गरेका हुन्।
- ‘प्यारो प्रधानमन्त्रीज्यू’ भनेर सम्बोधन गरेर उनले नेपाललाई अमेरिकाले भ्रष्ट, भारतले भिखारी भनेको र चीनले गन्नै छाडेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

९ फागुन, काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। केही बेरअघि सामाजिक सञ्जालमा लेखेर उनले विश्वजगतमा नेपाल र नेपालीको पहिचान धुमिल हुन लागेको भन्दै स्वाभिमानपूर्वक बाँच्न दिन आग्रह गरेका हुन्।

‘प्यारो प्रधानमन्त्रीज्यू’ भनेर सम्बोधन गरेर उनले नेपाललाई अमेरिकाले भ्रष्ट, भारतले भिखारी भनेको र चीनले गन्नै छाडेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले आफूलाई महानगरपालिकाकाो मेयर भनेर बिर्सिन र नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्रीलाई भनेका छन्।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया