बेलुन विस्फोट घटना : गृहमन्त्रीद्वारा छानबिन समिति गठन

Raju Yadav Raju Yadav
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
३ पटक हेरिएको
Shares
बेलुन विस्फोट घटना : गृहमन्त्रीद्वारा छानबिन समिति गठन

सारांश

  •   ४ फागुन,  काठमाडौं।
  • गृहमन्त्री रमेश लेखकले पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छानबिन गर्न आठ सदस्यीय समिति गठन गरेका छन्।
  • आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन भएको हो।

४ फागुन,  काठमाडौं।गृहमन्त्री रमेश लेखकले पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छानबिन गर्न आठ सदस्यीय समिति गठन गरेका छन्। आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन भएको हो।

समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला काार्यालयका उपअनुसन्धान निर्देशक सुरेशकुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्य सचिव रहेका छन्। साथै समितिमा एक जना विस्फोटक पदार्थ विज्ञ समेत हुनेछन्। समितिले आइतबारदेखि नै बेलुन विस्फोट घटनाको के कसरी भयो त्यसको विस्तृत छानबिन गर्नेछ।

आगामी दिनमा यसप्रकारका कार्यक्रम गर्दा पूर्वसर्तकता र अवलम्बन गर्नुपर्ने उपायसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको गृह मन्त्रालयले जनाएको छ। शनिबार भएको सो घटनामा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घाइते भएका थिए। शनिबार बेलुकी नै गृहमन्त्री लेखक जलनपछि कीर्तिपुर अस्पतालमा उपचाररत् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अवस्था बुझ्न अस्पताल पुगेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेतन्याहूले दिए युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट
नेतन्याहूले दिए युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट
सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा सामान्य गिरावट,कतिमा हुँदैछ कारोबार ?
सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ७८ हजार घुससहित पक्राउ
सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ७८ हजार घुससहित पक्राउ
इन्द्रजात्रामा राष्ट्रपतिलाई बालेनको स्वागत, प्रधानमन्त्रीलाई गुरागाइँको
इन्द्रजात्रामा राष्ट्रपतिलाई बालेनको स्वागत, प्रधानमन्त्रीलाई गुरागाइँको
शिक्षक महासंघको आन्दोलन सुरु, ध्यानाकर्षण पत्र बुझाइयो
शिक्षक महासंघको आन्दोलन सुरु, ध्यानाकर्षण पत्र बुझाइयो
नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर पक्राउ
नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर पक्राउ
चाडपर्व नजिकिएसँगै बढ्यो स्याउको मूल्य
चाडपर्व नजिकिएसँगै बढ्यो स्याउको मूल्य
इजरायलबाट फर्केका विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री
इजरायलबाट फर्केका विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
दशकौं सुनसान तिनाउको बसन्तपुरमा दुई वर्षमा पुगे साढे तीन लाख पर्यटक
दशकौं सुनसान तिनाउको बसन्तपुरमा दुई वर्षमा पुगे साढे तीन लाख पर्यटक