प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीशद्वय सुवेदी र पाण्डेको इजलासमा

Raju Yadav Raju Yadav
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
२ पटक हेरिएको
Shares
प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीशद्वय सुवेदी र पाण्डेको इजलासमा

सारांश

  •   ४ फागुन,  काठमाडौं ।
  • प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासमा परेको छ ।
  • गत माघ २९मा गिरी बन्धु टी-स्टेटमा सर्वोच्चको संवैधानिक इजलासको फैसला कार्यान्वयनमा अवरोध गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको अवहेलना रिटमा आज सुनुवाइ हुन लागेको हो ।

 

४ फागुन,  काठमाडौं । प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासमा परेको छ । गत माघ २९मा गिरी बन्धु टी-स्टेटमा सर्वोच्चको संवैधानिक इजलासको फैसला कार्यान्वयनमा अवरोध गरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको अवहेलना रिटमा आज सुनुवाइ हुन लागेको हो ।

अदालतको परमादेश कार्यान्वयन गर्नुपर्ने प्रधानमन्त्रीले कपटपूर्ण रूपमा भूमि अध्यादेश जारी गरेको र फैसला कार्यान्वयनमा अवरोध गरेको भन्दै रिटमा उल्लेख छ । गत वर्षकाे २४ माघमा सर्वोच्चको संवैधानिक इजलासले गिरीबन्धु टी-स्टेटसम्बन्धी मुद्दाको फैसला गरेको थियो । साे परमादेशमा ‘शर्तबमोजिमको प्रयोजनमा जग्गाको प्रयोग वा उपयोग नगरी फरक प्रयोजनमा भए वा जग्गा खाली राखिएको अवस्थाका जग्गाको पहिचान गरी तत्काल र अनिवार्य रूपमा हदबन्दीभन्दा बढी देखिएको जग्गा भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम नेपाल सरकारको नाममा प्राप्त गर्न गराउन’ भनिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?