महाकुम्भ मेलाका श्रद्धालु सवार बोलेरो र बस ठोक्किँदा १० जनाको मृत्यु

Raju Yadav Raju Yadav
|
शनिबार, फाल्गुन ३, २०८१
|
|
२ पटक हेरिएको
Shares
महाकुम्भ मेलाका श्रद्धालु सवार बोलेरो र बस ठोक्किँदा १० जनाको मृत्यु

सारांश

  •   ३ फागुन,  काठमाडाैं ।
  • उत्तर प्रदेशको प्रयागराज महाकुम्भमा भयानक सडक दुर्घटना भएको छ ।
  • महाकुम्भमा स्नान गर्न आएका १० श्रद्धालुको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

३ फागुन,  काठमाडाैं । उत्तर प्रदेशको प्रयागराज महाकुम्भमा भयानक सडक दुर्घटना भएको छ । महाकुम्भमा स्नान गर्न आएका १० श्रद्धालुको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । बोलेरो र बस आपसमा ठोक्किएका थिए । जसमा अहिलेसम्म १० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बस र बोलेरोमा सवार सबै मध्यप्रदेश र छत्तीसगढका बासिन्दा रहेको प्रारम्भिक जानकारीमा आएको छ । अहिले घाइतेहरुलाई अस्पताल लगिएको छ । जानकारी अनुसार मेजाको प्रयागराज–मिर्जापुर राजमार्गमा शुक्रबार राति यो घटना भएको हो । यहाँ भक्तजन बोकेको बोलेरो र बोलेरो बस एक आपसमा ठोक्किँदा बोलेरोमा सवार १० भक्तजनको घटनास्थलमै ज्यान गएको हो ।

ती सबै छत्तीसगढको कोरबा जिल्लाका बासिन्दा रहेको र संगम स्नान गर्न जाँदै गरेको बताइएको छ । अर्कोतर्फ बसमा सवार १९ जना पनि दुर्घटनामा घाइते भएका छन् । यी मानिसहरू संगममा स्नान गरेर वाराणसी फर्किरहेका थिए। घाइते सबैलाई सीएचसी रामनगरमा भर्ना गरिएको बताइएको छ । बसमा सवार सबै मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा हुन् । प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा
बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा
पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै भ्रष्टाचार गर्नमा एकजुट
पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै भ्रष्टाचार गर्नमा एकजुट
ढल्केबर सबस्टेसन ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित
ढल्केबर सबस्टेसन ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित
भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब ४७ करोड
भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब ४७ करोड
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा एकजनाको मृत्यु
विराटनगरमा लागुऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ
विराटनगरमा लागुऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ
परराष्ट्रमन्त्री डा राणा ओमन प्रस्थान
परराष्ट्रमन्त्री डा राणा ओमन प्रस्थान
उद्योगमा लाइन जोड्ने प्राधिकरणको निर्णय
उद्योगमा लाइन जोड्ने प्राधिकरणको निर्णय
विपत्बाट चार महिनामा १२२ को मृत्यु, २२ बेपत्ता
विपत्बाट चार महिनामा १२२ को मृत्यु, २२ बेपत्ता
राष्ट्र बैंकको कारबाहीमा पाँच वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्डलाई १४ करोड जरिवाना
राष्ट्र बैंकको कारबाहीमा पाँच वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्डलाई १४ करोड जरिवाना