क्रिकेटर ऋषभ पन्तलाई दुर्घटनाबाट बचाउने युवकले प्रेमिकासँगै पिए विष

Raju Yadav Raju Yadav
|
बिहिबार, फाल्गुन १, २०८१
|
|
२ पटक हेरिएको
Shares
क्रिकेटर ऋषभ पन्तलाई दुर्घटनाबाट बचाउने युवकले प्रेमिकासँगै पिए विष

सारांश

  •   भारतीय क्रिकेटर ऋषभ पन्तलाई सवारी दुर्घटनाबाट उद्धार गरी  ज्यान बचाउने युवकले आफ्नी प्रेमिकासँगै विष पिएका छन्।
  • भारतीय पत्रिका  अनुसार २५ वर्षीय रजत कुमारले २१ वर्षीया प्रेमिका मन्नु कश्यपसँगै विष पिएका हुन्।
  • प्रेमिका मन्नुको उपचारका क्रममा मृत्यु भयो भने रजत रुडकीको एक निजी अस्पतालमा उपचाररत छन्।

भारतीय क्रिकेटर ऋषभ पन्तलाई सवारी दुर्घटनाबाट उद्धार गरी  ज्यान बचाउने युवकले आफ्नी प्रेमिकासँगै विष पिएका छन्। भारतीय पत्रिका  अनुसार २५ वर्षीय रजत कुमारले २१ वर्षीया प्रेमिका मन्नु कश्यपसँगै विष पिएका हुन्।

प्रेमिका मन्नुको उपचारका क्रममा मृत्यु भयो भने रजत रुडकीको एक निजी अस्पतालमा उपचाररत छन्। रजत र मन्नु फरक समुदायका भएकाले केटीको परिवारले उनीहरूको प्रेम सम्बन्ध स्वीकार नगरेका कारण उनीहरूले सँग मर्ने योजनाका साथ विष पिएको बताइएको छ। परिवारले केटीको विवाह अर्कैसँग गरिदिन लागेका थिए।  सन् २०२२ डिसेम्बरमा हरिद्वारको गुरुकुल नरसनमा सवारी दुर्घटनामा परेका क्रिकेटर ऋषभ पन्तलाई रजत र उनकै गाउँका अर्का युवक निशुले उद्धार गरी बचाएका थिए। कारखानाबाट आफ्नो गाउँ फर्कंदै गर्दा उनीहरूले ऋषभ पन्तलाई दुर्घटनाग्रस्त जलिरहेको कारबाट निकालेर अस्पताल पुर्‍याएका थिए।

यसबापत ऋषभ पन्तले रजत र निशुलाई एक/एकवटा स्कुटर उपहारसमेत दिएका थिए। त्यसपछि ऋषभले सामाजिक सञ्जालमा पोस्ट गर्दै रजत र निशुलाई धन्यवाद दिएका थिए।उनले लेखेका थिए, ‘म सबैलाई व्यक्तिगत रूपमा धन्यवाद दिन सक्दिनँ, तर मेरो दुर्घटनाको समयमा मलाई मद्दत गर्ने र मलाई सुरक्षित रूपमा अस्पताल पुर्‍याउने यी दुई नायकप्रति कृतज्ञता व्यक्त गर्नैपर्छ। धन्यवाद, रजत कुमार र निशु कुमार। म तपाईंहरूप्रति सधैँ आभारी र ऋणी रहनेछु।’ रजत र उनकी प्रेमिकाले विष पिएको विषयमा अहिलेसम्म प्रहरीमा कुनै उजुरी परेको छैन। तर पनि प्रहरीले घटनाको हरेक कोणबाट अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभ्रेमा गाडीको ठक्करबाट एकको मृ*त्यु
काभ्रेमा गाडीको ठक्करबाट एकको मृ*त्यु
निर्वाचनसम्बन्धी छलफलका लागि आयोगले पठायो राजनीतिक दललाई पत्र
निर्वाचनसम्बन्धी छलफलका लागि आयोगले पठायो राजनीतिक दललाई पत्र
वीरगञ्ज हुँदै ६ महिनामा १२ अर्बको खाद्यान्न आयात
वीरगञ्ज हुँदै ६ महिनामा १२ अर्बको खाद्यान्न आयात
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रास्वपा नेता कँडेल पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रास्वपा नेता कँडेल पक्राउ
मालिकामा विपन्नको निः शुल्क स्वास्थ्य बिमा
मालिकामा विपन्नको निः शुल्क स्वास्थ्य बिमा
गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।  जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए ।  ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।

सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरीले पाए सामाजिक विकास मन्त्रालयको जिम्मा
सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरीले पाए सामाजिक विकास मन्त्रालयको जिम्मा
नेप्से परिसूचक ३५ अङ्कले घट्यो, ८ अर्बको कारोबार
नेप्से परिसूचक ३५ अङ्कले घट्यो, ८ अर्बको कारोबार
एमालेको सचिवालय बैठक आज बस्दै
एमालेको सचिवालय बैठक आज बस्दै
राष्ट्रिय स्वाधीनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड
राष्ट्रिय स्वाधीनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड