शंखरापुर बस दुर्घटना : २७ जना डिस्चार्ज, गम्भीर घाइते एकलाई मेडिसिटी लगियो

Raju Yadav Raju Yadav
|
बिहिबार, फाल्गुन १, २०८१
|
|
३ पटक हेरिएको
Shares
शंखरापुर बस दुर्घटना : २७ जना डिस्चार्ज, गम्भीर घाइते एकलाई मेडिसिटी लगियो

सारांश

  •   १ फागुन, काठमाडौं ।
  • काठमाडौंको शंखरापुर नगरपालिका–५ मा बुधबार भएको बस दुर्घटनामा घाइते भएकामध्ये २७ जनाको डिस्चार्ज भएका छन् ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये २७ जनाको डिस्चार्ज भएको छ ।

 

१ फागुन, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा बुधबार भएको बस दुर्घटनामा घाइते भएकामध्ये २७ जनाको डिस्चार्ज भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये २७ जनाको डिस्चार्ज भएको छ ।

अन्य १६ जना घाइतेको उपचार जारी छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते एकको मेडिसिटी अस्पतालमा उपचार भइरहेको उनले बताए ।‘गम्भीर घाइते एक जनाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ,’ एसपी बोहराले भने, ‘अवस्था गम्भीर भएको चिकित्सकहरूले बताउनुभएको छ ।’शंखरापुर नगरपालिकास्थित वडा नम्बर ५ मा विद्यार्थीहरू बनभोज गएर फर्किएको बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको थियो ।

चाबहिलस्थित सत्यसाई (एसएस) एकेडेमीका विद्यार्थीहरू काठमाडौंको शंखरापुर र काभ्रेको मण्डनदेउपुर नगरपालिकाको सिमानामा पर्ने कात्तिके डाँडामा बनभोज कार्यक्रम सकेर फर्किंदै गर्दा बस दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका तीनजनाको बुधबार साँझ नै मृत्यु भएको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?