बझाङका जिल्ला अध्यक्ष पत्रकार सिंहमाथि चक्कु प्रहार
सारांश
- २९ माघ, काठमाडौं ।
- बझाङका पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार भएको छ ।
- नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बझाङका अध्यक्ष सिंहमाथि सोमबार राति चक्कु प्रहार भएको हो ।

२९ माघ, काठमाडौं । बझाङका पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार भएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बझाङका अध्यक्ष सिंहमाथि सोमबार राति चक्कु प्रहार भएको हो ।

उनीमाथि केही व्यक्तिहरूले कुटपिट तथा चक्कु प्रहार भएको पत्रकार महासङ्घ जिल्ला शाखा बझाङले जनाएको छ । घटनाको तत्काल छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि माग बझाङ शाखाले माग गरेको छ । चक्कु प्रहारबाट घाइते पत्रकार सिंहको अहिले उपचार भइरहेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया