२० करोड लगानीमा महानगर यातायातले थप्यो ४० वटा बस

Raju Yadav Raju Yadav
|
बिहिबार, माघ १०, २०८१
|
|
३ पटक हेरिएको
Shares
२० करोड लगानीमा महानगर यातायातले थप्यो ४० वटा बस

सारांश

  •   १० माघ,  महानगर यातायातले प्रालिले सेवा विस्तार गर्दै बिहीबारबाट थप ४० वटा बस सञ्चालनमा ल्याएको छ।
  • २० करोड लगानीमा उक्त बस सञ्चालनमा ल्याएको हो।
  • यी बसहरू ३२ सिट क्षमताका हुन्।

 

१० माघ,  महानगर यातायातले प्रालिले सेवा विस्तार गर्दै बिहीबारबाट थप ४० वटा बस सञ्चालनमा ल्याएको छ। २० करोड लगानीमा उक्त बस सञ्चालनमा ल्याएको हो। यी बसहरू ३२ सिट क्षमताका हुन्। बसको लम्बाई साढे आठ मिटर छ। यी बसहरू चन्द्रागिरीदेखि धुलिखेल अस्पतालसम्म सेवा दिने उद्देश्यले थप गरिएको कम्पनीका वरिष्ठ सल्लाहकार धर्मराज रिमालले जानकारी दिए।

‘यी बसहरू चन्द्रागिरीबाट नयाँ बसपार्क–चाबहिल–कोटेश्वर–बनेपा हुँदै धुलिखेल अस्पतालसम्म पुग्छन्,’ उनले भने।  नयाँ बस थपिएसँगै महानगर यातायातको बस संख्या ८९ पुगेको छ। २०७२ सालमा काठमाडौंको चक्रपथमा एकै पटक गुड्ने गरी ३९ वटा ठूला सिटी बस सञ्चालनमा ल्याएको थियो। कम्पनीले सुरूआतमा १७ करोड लगानी भएको बताएको छ। कम्पनीले आगामी दुई महिनाभित्रमा दश वटा विद्युतीय बस समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ। ‘परीक्षणको लागि दश वटा विद्युतीय बस बुकिङ गरिसक्यौं,’ उनले भने, ‘यो सफल भयो भने एक वर्षभित्र ५० वटा बस सञ्चालनमा ल्याउने योजना छ।’

कम्पनीले छिट्टै महानगर यातायातलाई पब्लिक कम्पनी लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने घोषणा गरेको छ। त्यससँगै आइपिओ समेत जारी गर्ने बताएको छ। महानगर यातायातले लामो दूरीका रूटहरूमा सेवा विस्तार गर्ने योजना समेत अघि सारेको छ। ठूला क्षमताका बसहरू सञ्चालनमा आउँदा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए। ‘यस्ता ठूला बस सञ्चालनमा आउने स्वागतयोग्य कुरा हो,’ उनले भने, ‘यसले सरकारले प्राथिकतामा राखेको मास ट्रान्सपोर्टेसनलाई सघाउँछ।’ ठूला सडकहरूमा साना गाडीलाई हटाएर ठूला गाडीहरू मात्र सञ्चालन ल्याउन पर्ने उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ