रविको बयान सकियो, परिवार र वकिलको जिम्मामा छाडियो
सारांश
- ९ माघ, काठमाडौँ- रुपन्देही जिल्ला अदालतमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिइएको छ।
- उनीसँगको बयान सकिएको र थुनछेक बहस बिहीवार हुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले इकागजलाई जानकारी दिए।
- न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा रविको बयान भएको हो।

९ माघ, काठमाडौँ- रुपन्देही जिल्ला अदालतमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिइएको छ। उनीसँगको बयान सकिएको र थुनछेक बहस बिहीवार हुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले इकागजलाई जानकारी दिए।

न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा रविको बयान भएको हो। मरासिनीका अनुसार आज उनलाई परिवार र कानुन व्यवसायीको जिम्मामा भोलि उपस्थित हुने गरी छाड्न आदेश भएको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया