यू-१९ महिला विश्‍वकपको तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दै

Raju Yadav Raju Yadav
|
बुधबार, माघ ९, २०८१
|
|
२ पटक हेरिएको
Shares
यू-१९ महिला विश्‍वकपको तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दै

सारांश

  •   ९ माघ, काठमाडौं ।
  • आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को आफ्नो तेस्रो खेलमा नेपालले बुधबार अस्ट्रेलियासँग खेल्दै छ ।
  • नेपाल र अस्ट्रेलियाबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ ।

९ माघ, काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को आफ्नो तेस्रो खेलमा नेपालले बुधबार अस्ट्रेलियासँग खेल्दै छ । नेपाल र अस्ट्रेलियाबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा अस्ट्रेलियाको कप्तानमा लुसी हामिल्टन छन् ।

नेपालले पहिलो खेलमा बंगलादेश तथा दोस्रो खेलमा स्कटल्याण्डसँग हार व्यहोरेको थियो । सुपर सिक्समा पुग्नका लागि नेपाललाई यस खेलमा जितको विकल्प छैन । अस्ट्रेलिया भने सुपर सिक्समा पुगिसकेको छ । नेपाल बंगलादेशसँग ५ विकेटले पराजित हुँदा स्कटल्याण्डसँग जित नजिक पुगेर १ विकेटले पराजित भएको थियो । अस्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेट तथा बंगलादेशलाई २ विकेटले हराएको थियो । नेपालले महिला क्रिकेटमा अस्ट्रेलियासँग खेल्न लागेको यो पहिलोपटक हो ।

यसअघिको विश्‍वकपमा सेमिफाइनलसम्म पुगेको अस्ट्रेलिया बलियो टोली हो । त्यसबेला विश्‍वकप खेलेका पाँच खेलाडीहरू अहिले पनि टोलीमा छन् । आजको पहिलो खेलमा बंगलादेशले स्कटल्याण्डलाई हराएर नेपालले अस्ट्रेलियालाई सामान्य अन्तरले हराएपनि नेपाल सुपर सिक्समा पुग्नेछ । स्कटल्याण्डले बंगलादेशलाई हराएको खण्डमा नेपालले बंगलादेशको रनरेटभन्दा अगाडि जाने तरिकाले अस्ट्रेलियालाई हराउनुपर्ने छ ।अस्ट्रेलियासँग पराजित भएमा नेपाल बाहिरिनेछ ।

आजका खेलहरू :  अमेरिका यू-१९ महिला भर्सेस् इंग्ल्याण्ड यू-१९ महिला : विहान ८:१५ स्कटल्याण्ड यू-१९ महिला भर्सेस् बंगलादेश यू-१९ महिला : विहान ८:१५न्युजिल्याण्ड यू-१९ महिला भर्सेस् सामोआ यू-१९ महिला : विहान ८:१५ अस्ट्रेलिया यू-१९ महिला भर्सेस् नेपाल यू-१९ महिला : दिउँसो १२:१५ पाकिस्तान यू-१९ महिला भर्सेस् आयरल्याण्ड यू-१९ महिला : दिउँसो १२:१५ दक्षिण अफ्रिका यू-१९ महिला भर्सेस् नाइजेरिया यू-१९ महिला : दिउँसो १२:१५

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रकले स्कुटरलाई ठक्कर दिँदा २६ वर्षकी युवतीको मृ*त्यु
ट्रकले स्कुटरलाई ठक्कर दिँदा २६ वर्षकी युवतीको मृ*त्यु
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
बागमतीका निलम्बित मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दामामा सुनुवाइ हुँदै
बागमतीका निलम्बित मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दामामा सुनुवाइ हुँदै
गगन थापाविरुद्धको अवहेलना मुद्दाको पेसी आज
गगन थापाविरुद्धको अवहेलना मुद्दाको पेसी आज
मुम्बई पुर्‍याएर युवती बेचेको आरोपमा ३० वर्षपछि समातिए ६७ वर्षीय वृद्ध
मुम्बई पुर्‍याएर युवती बेचेको आरोपमा ३० वर्षपछि समातिए ६७ वर्षीय वृद्ध
एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छ : प्रचण्ड
एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छ : प्रचण्ड
कालीमाई मन्दिरको अक्षय कोषका लागि महायज्ञ
कालीमाई मन्दिरको अक्षय कोषका लागि महायज्ञ
६२ किलो लागू औषध गाँजा सहित युवक पक्राउ
६२ किलो लागू औषध गाँजा सहित युवक पक्राउ
सहकारी विवादमा प्रधानमन्त्रीद्वारा गृहमन्त्रीको प्रतिरक्षा
सहकारी विवादमा प्रधानमन्त्रीद्वारा गृहमन्त्रीको प्रतिरक्षा
पोखराका घाइते पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो
पोखराका घाइते पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो